Play

सहकारीको रकम अपचलन गर्ने मान्छे एमाले हुन सक्दैन- एमाले नेता अधिकारी

गुरुकुल खबर


पोखरा, नेकपा (एमाले) स्थायी कमिटी सदस्य खगराज अधिकारीले प्रकृति र संस्कृति पर्यटन विकासको मुख्य आधार भएको बताएका छन। नेकपा (एमाले) पोखरा १७ द्धारा विभिन्न चाडपर्वको सन्दर्भमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै अधिकारीले यस्ता आधारको उपयोग गर्दै समृद्धिसंग जोड्नुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री समेत रहेका अधिकारले प्राकृतिक सम्पदा र मौलिक संस्कृतिको संरक्षण तथा प्रचार प्रसारमा जोड दिंदै पर्यटकको आकर्षण बढाउनु पर्ने आवश्यकता समेत औंल्याए ।

भ्रष्टाचारी र सहकारीको वचत अपचलन गर्ने कुनै पनि व्यक्ति एमाले हुन नसक्ने बताउदै नेता अधिकारीले भने, त्यस्ता व्यक्तिलाई सरकार र सडकबाट होईन,संवैधानिक व्यवस्था अनुसार न्यायालयबाट नै कडा कारबाही हुनुपर्छ ।

एमाले पोखरा – १७ का कार्यवाहक वडाअध्यक्ष विक्रम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा इन्चार्ज सुभाष ढुङ्गाना, नेपाली कांग्रेस वडा सभापति देवराज आचार्य लगायतले मुलुकको वर्तमान अवस्था र तिहारको महत्व माथि चर्चा गरेका थिए ।

१४ कार्तिक २०८१, बुधबार १७:३३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा