Play

टिटी ग्लोबलको ‘धनतरेस ईभी कार्निभल’ पोखराको न्युरोड स्थित सिटि स्क्वायरमा हुने

गुरुकुल खबर


पोखरा, सिजी मोटर्सको आधिकारिक बिक्रेता टिटी ग्लोबलले पोखरामा धनतरेस ईभी कार्निभलको आयोजना गरेको छ।पोखराको न्युरोड स्थित सीटी स्क्वाएर बाङ्कवेट एण्ड रेष्टुरेन्टमा बिहान ८ बजेबाट कार्निभल सुरु हुने टिटी ग्लोबलका संचालक प्रमेश पराजुलीले गुरुकुल खबरलाई जानकारी दिए।

नेपाली बजारमा नेटा, दायुन, रिड्डारा र अवतार ब्रान्डका गाडीहरुको आधिकारिक वितरक सिजी मोटर्सको पोखरा लगायत गण्डकी प्रदेशका लागि आधिकारिक विक्रेता टिटि ग्लोबल रहेको छ।

तिहार पर्वमा आम सर्बसाधारणले कुनै नयाँ सामान किन्ने प्रचलन रहदै आएकोमा धनतरेसको दिनमा नयाँ सामान किन्दा राम्रो हुने बिश्वास रहिआएको छ। यस पटकको तिहारमा धनतरेस कार्तिक १३ गतेअर्थात लक्ष्मी पुजा भन्दा अगाडी नै परेको छ। टिटी ग्लोबलले पनि कार्तिक १३ गते धनतरेसको दिन पारेर ईभी कार्निभलको आयोजना गरेको हो।

धनतेरस ईभी कार्निभलमा रिड्डारा, दायुन, नेटा एक्स, नेटा भि, र अवतार वान वान को खरिदमा विशेष अफरको समेत ब्यबस्था गरिएकोले ग्राहकहरुले लाभ उठाउन सक्ने पनि संचालक पराजुलीले जानकारी दिए ।

उक्त कार्निभल मार्फत टिटी ग्लोबलले बिक्रि गर्ने उल्लिखित ब्राण्डका गाडीको खरिदमाआकर्षक एक्सचेन्ज बोनस, आकर्षक क्यास डिस्काउन्ट, एक  वर्षको निशुल्क बिमा, चालु आर्थिक वर्षको निशुल्क सडक कर, ६.६ किलोवाटको निशुल्क फास्ट चार्जर र निशुल्क स्पेयर टायर समेत प्राप्त गर्न सक्ने ब्यबस्था गरिएको छ।

१२ कार्तिक २०८१, सोमबार १५:०५ मा प्रकाशित
Nabintech