Play

अष्ट्रेलियामा पञ्चांग निर्णायक समितिको निर्णय बिपरित शनिबार नै दशैंको टिका

नेपालमा राष्ट्रप्रमुखले टिका लगाएको दिनमा नै हामीले टिका लगाएको अष्ट्रेलियामा रहेका नेपालीको भनाई


गुरुकुल खबर


मेलबर्न (अष्ट्रेलिया), अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले अष्ट्रेलियामा असोज २७ गते (अक्टोबर १३ तारिख) आइतबार  विजयादशमीको टिका लगाएर मनाउनुपर्ने निर्णय सार्बजनिक गरेको भएपनि मेलबर्न सहित अष्ट्रेलियाको विभिन्न राज्यमा  रहेका सबैजसो नेपालीहरुले भने असोज २६ गते अर्थात अक्टोबर १३ गते नै टिका लगाएर दशैं मनाएका छन।

नेपालमा रहेका आफन्त र परिवारजनले अक्टोबर १३ शनिबारमा नै टिका लगाउने निर्णय भएको र अष्ट्रेलियामा रहेका हरुको पनि शनिबार अधिकांशको बिदा परेको कारण शनिबार नै टिका लगाउन सहज भएको मेलबर्नमा आफ्नो परिवार संगै दशैं मनाएकी राजु लामिछानेले बताइन। “शनिबार परिवारका सबै जसो सदस्यहरुको बिदा समेत परेको कारण पनि शनिबार दशैंको टिका लगाउन सबैलाई सहज भएको हो।” उनले भनिन।

मेलबर्नमा रहेका युवा ब्यबसायी एबम नेपाली जनसम्पर्क समितिका अगुवा देबेन्द्र बस्नेतले पनि शनिबार नै दशैं मनाएको बताए । नेपालमा राष्ट्रप्रमुख सहित सबैले शनिबारको दिनमा दशैंको टिका लगाएकोले आफु र आफ्नो परिवारले समेत शनिबार नै टिका लगाएर दशैं मनाएको बताए ” मेलबर्नमा नेपालीहरुको संख्या बढ्दो छ नेपाली समुदाय सन्ग विभिन्न संघ संस्था र मन्दिरहरु समेत छन। सबैजसोले शनिबार नै दशैंको टिका लगाएर आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिए” बस्नेतले गुरुकुल खबरसंग भने ।

शनिबार र आइतबार फरक/फरक दिनमा टिका लगाउनेहरू पनि अष्ट्रेलियामा नभएका हैनन। उनीहरुको चाहनालाई दृष्टिगत गर्दै अस्ट्रेलिया नेप्लिज मल्टिकल्चरल सेन्टर (एएनएमसी)ले मेलबर्नमा रहेको मन्दिरमा दशैंको टिका लगाउन भनि शनिबार र आइतबार दुवै दिन मन्दिर खुला राख्ने निर्णय पनि गरेको छ। मन्दिरमा शनिबार बिहानबाट नै नेपाली समुदायका विभिन्न व्यक्तित्वहरु त्यहाका पुजारीहरूसंग टिका लगाउन पुगेका थिए। आइतबार पनि त्यहा टिका लगाउने क्रम चलेको बुझिएको छ।

यसैगरि सिड्नीमा रहेका नेपाली समुदायले पनि शनिबार नै दशैं मनाएको सिड्नीबाट ओम प्रकाश पराजुलीले जानकारी दिए। आफ्नो परिवार सहित लामो समयदेखि सिड्नी बस्दै आएका पराजुलीले पुर्णिमाको दिन सम्म पनि आफ्ना मान्यजनबाट टिका र आशिर्बाद ग्रहण गरिने बताए।

यसै गरि सिड्नीमा रहेर पत्रकारिता समेत गरिरहेका माधव गैरेले पनि शनिबार नै नेपाली समुदायले दशैको टिका लगाएको बताए।  “हामीले नेपालमा रहेका आफन्त र परिवारसंग पनि सल्लाह गरेर दशैंको टिका शनिबार नै लगाउने निर्णय गरेका हौँ” गैरेले गुरुकुल खबरसंग भने।

अष्ट्रेलियाको न्यु साउथ वेल्समा रहेका उत्तम दवाडीले पनि आफ्नो परिवार सहित शनिबार नै टिका लगाएर दशैं पर्ब मनाएको गुरुकुल खबरलाई जानकारी दिए। आफ्नो परिवारसंगै अष्ट्रेलिया बस्दै आएका युवाहरु बिरेन्द्र क्षेत्री, सौरभ नेपाल, मनोज श्रेष्ठ लगायतले पनि दशैंको टिका शनिबार नै लगाएर सबै भेटघाट गरि रमाइलो गरेको बताए।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैँको टीकाको साइत सार्वजनिक गर्दा अष्ट्रेलिया सहित दक्षिण कोरिया, हंगकंग, जापान लगायतका मुलुकमा अक्टोबर १३ मा र नेपाल अमेरका सहित अन्य मुलुकमा अक्टोबर १२ मा नै दशैंको टिका लगाउन उपयुक्त हुने भनि निर्णय सार्बजनिक गरेको थियो।

 

२७ आश्विन २०८१, आईतवार ०५:५८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा