पोखरा, पोखरामा रहेर विभिन्न पेशा र ब्यबसायमा क्रियाशील महिलाहरुको संस्था सन्जिवनी दिदिबहिनी केन्द्र नेपालको पाँचौ साधरण सभा तथा तेस्रो अधिबेशन पोखरामा सम्पन्न भएको छ। अधिबेशनले संस्थाको कार्यसमितिको अध्यक्ष पदमा बिना गुरुङलाई निर्बिरोध निर्बाचित गरेको छ।
गुरुङ यस अगाडी पनि उक्त संस्थाको अध्यक्षको रुपमा कार्यरत रहेकोमा दोश्रो कार्यकालको लागि पनि सर्बसम्मत अध्यक्ष बनेकी हुन उनि पोखरामा विभिन्न सामाजिक तथा ब्यबसायिक संस्थामा समेत सक्रिय छन।
संस्थाको ११ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी देवी गुरुङ, सचिवमा बिमला श्रेष्ठ, सह-सचिवमा दिलु प्रजापती, कोषाध्यक्षमा गिमाया गुरुङ्ग र सह-कोषाध्यक्षमा शारदा शर्मा पनि निर्बिरोध निर्बाचित भएका छन् भने समितिको सदस्यहरुमा मिलन थापा, देव कुमारी हिराचन, सरस्वती दाहाल अधिकारी, पुजन शाक्य र यमुना तझ्या रहेको छन।
संस्थाको साधारण सभा तथा अधिबेशनको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि बेलायतबाट आएका समाजसेवी तथा अक्षयकोषदाता मदन गुरुङले गरेका थिए । उक्त समारोहमा पोखरा उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष पवन प्रजापती, कोपिला फाउन्डेसनकी अध्यक्ष बिना शिलवाल, अधिबक्ता तारा शर्मा र सामाजिक कार्यकर्ता बिष्णु गुरुङ एकता लगायतले संस्थाको गतिबिधिको बारेमा चर्चा गर्दै नयाँ कार्यसमितिले अझ रचनात्मक काम गर्ने बिश्वास गरेका थिए।
संस्थाले पोखरा लगायत आसपासका विभिन्न बिद्यालयमा अध्ययनरत बिपन्न तथा असहाय बालिकाहरुलाई छात्रवृत्ति समेत उपलब्ध गराउंदै आएको छ यसक्रममा ४१ जना बालिकाहरुलाई छात्रवृत्ति उपलब्ध गराउंदै आएकोमा ११ जनाले पढाइ सकेकोले हाल २९ जनाले मात्र उक्त सुबिधा लिईरहेका छन ।
सोहि अबसरमा छात्रवृत्ति सहित स्टेसनरी र पोशाक समेत वितरण गरिएको थियो २९ जना नानीहरुको लागि ड्रेस र स्टेसनरी संस्थाकी उपाध्यक्ष कौशिला गुरुङ ( हाल हंगकंग ) को साथै अक्षयकोषदाता शान्ती गुरुङ (हंगकंग ) र सचिब बिमला श्रेष्ठले उपलब्ध गराएका थिए
कोभिड महामारीको समयमा संस्थाले अक्सिजन प्लान्ट निर्माणको लागि १ लाख रुपैया सहयोग गरेको र संस्थाले विभिन्न मुलुकमा रहेका आफ्ना शुभचिन्तकहरुबाट सहयोग संकलन गरि आबश्यकता अनुसार विभिन्न स्थानमा स्वास्थ्य सामग्री र खाद्यान्न सामग्री समेत वितरण गरेको जानकारी नबनिर्बाचित उपाध्यक्ष लक्ष्मी गुरुङले गुरुकुल खबरलाई दिईन।