पोखरा, पोखरामा रहेर लामो समय कानुन ब्यबसायीको रुपमा काम गरेका वरिष्ठ अधिवक्ता कृष्ण गुरुंगको निधन भएको छ। उनि पोखराको पृथ्वीनारायण क्याम्पसका पूर्व सहप्राध्यापक समेत हुन ।
लामो समयदेखि बिरामी परेका उनको उपचारकै क्रममा सोमबार राति पोखराको चरक अस्पतालमा निधन भएको हो।
गुरुङ नेपाल नेत्रज्योति संघ गण्डकीका पूर्वअध्यक्ष पनि हुन नेत्रज्योती संघले हिमालय आँखा अस्पताल संचालन गर्दै आएको छ।
बरिष्ठ अधिबक्ता गुरुङ विभिन्न सामाजिक संस्थामा आवद्ध रही समाजसेवमा पनि सक्रिय थिए।
कास्कीको माछापुच्छ्रे गाउँपालिका पुर्ख्यौली घर भई श्रीमतीसहित पोखरा दीपमा बस्दै आएका गुरुङका छोरीहरु बेलायत बस्छन् । उनीहरु आएपछि मात्रै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।















