Play

जननी संवादमा उद्यमीका कुरा, गण्डकी प्रदेशका प्रमुख सचिव बस्नेतलाई सम्मान

गुरुकुल खबर


पोखरा,  हरितालिका तीजको अवसरमा उद्यमशिलतालाई केन्द्रविन्दुमा राखेर सञ्चालित रेडियो जननी ९०.६ ले तीज संवादः उद्यमीका आवाज कार्यक्रम एवम जननी सम्मान २०८१  सम्पन्न गरेको छ ।

गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मी बस्नेतले प्रदेशको विकास र  महिला सशक्तिकरणमा योगदान पुर्याएको भन्दै जननी सम्मान २०८१ बाट सम्मान गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेकी बस्नेतले पछिल्लो समय हरेक तह र तप्कामा महिलाको गर्विलो उपस्थिती हुँदै गएको जनाउँदै अझै पनि महिला माथिको विभेद भने हट्न नसकेको बताईन  ।

उहाँले उद्यमी महिलालाई प्रोत्साहन गर्ने सरकारको नीति रहेकाले महिला दिदिबहिनीलाई उद्यमशिल बन्न प्रेरित गर्दै उनले  रेडियोले तीजपर्वलाई उद्यमशिलता र सशक्तिकरणलाई जोड्दै संवाद कार्यक्रम गर्नु निकै सह्रानीय रहेको बताईन ।

संवाद कार्यक्रममा मनखुशी मल्टिपर्पोज प्रा.लिका संचालक काशी गुरुङ, सन्तोषीमाता हस्तकला उद्योगका संचालक पम्फा थापा, रक्षा चापागाँई स्टोर्सका संचालक रजनी चापागाँइले उद्यमशीलता क्षेत्रमा  भोगेका चुनौतीहरू, सफलताको सूत्र र भविष्यका योजनाको बारेमा आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमका प्रमुख वक्ताका रूपमा उपस्थित प्रदेश नीति तथा योजना आयोगका पूर्व सदस्य तथा पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक डा. शान्ता खत्रीले तीज पर्वको ऐतिहासिकता, यसको बदलिँदो स्वरूप र आधुनिक समयमा महिलाको भूमिकाबारे आफ्नो धारणा राख्नुभयो। उहाँले तीज पर्वलाई परम्परा र आधुनिकताको संयोजनको रूपमा व्याख्या गर्दै महिलाहरूले यसलाई सामाजिक परिवर्तनको माध्यम बनाउनुपर्नेमा जोड दिईन ।

कार्यक्रमको सभापतित्व गरेकी रेडियोकी अध्यक्ष हिरा भट्टराईले रेडियोले पहिलो आवाज उद्यमशिलता, दोस्रो आवाज स्वतन्त्रता र तेस्रो आवाज समानताको लागि भन्ने उदघोषकासाथ संचालित भएको जनाउँदै तीजलाई उद्यमशिलता सँग जोडन उद्यमीका आवाज कार्यक्रमको आयोजना गरेको बताईन  ।

उनले  महिला उद्यमशिलता आजको आवश्यता भएको जनाउँदै उद्यमी महिलाबाटनै समृद्ध देशको परिकल्पना गर्न सकिने समेत उल्लेख गरिन । प्रमखु सचिव लक्ष्मी बस्नेत सबैको प्रेरणा स्रोत भएको जनाउँदै जननी सम्मान २०८१ बाट सम्मान गर्न पाउँदा खुशी लागेको उनको  भनाइ थियो ।

संवाद कार्यक्रमको रेडियो जननीका सिनियर कार्यक्रम प्रस्तोता एवम कार्यक्रम संयोजन जमुना वर्षा शर्माले सहजीकरण गरेकी थिईन ।

कार्यक्रमले महिला उद्यमशीलता र सशक्तिकरणको क्षेत्रमा नयाँ दृष्टिकोण प्रस्तुत गर्दै उद्यमीका आवाज संवाद कार्यक्रमले महिला उद्यमीहरूको आवाज बुलन्द गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको उनले जानकारी दिईन ।

विभिन्न क्षेत्रका उद्यमी महिला, सामाजिक अभियन्ता, महिला समुह, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको कार्यक्रममा संजिवनी नारी समुहले उद्यमशीलतमा आधारित तीज गीत प्रस्तुत गरेका थिए ।

१८ भाद्र २०८१, मंगलवार ११:२४ मा प्रकाशित
Nabintech