Play

पर्बतमा जन्मिएका प्रधान अमेरिकाको मेरिल्याण्डमा मृत फेला

गुरुकुल खबर


मेरिल्याण्ड, अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गर्ने एक नेपाली आफ्नै मृत फेला परेका छन् । पर्वत घर भई अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ बर्षिय शान्तलाल प्रधानको निधन गत अगस्त २७, २०२४ मंगलबार भएको बताईएको छ ।

काम सकेर दिउसो २ बजे कोठामा फर्केका थिए । उनलाई काममा पालो दिने उनका मित्र घर फर्कदा प्रधान मृत अवस्थामा फेला पारेका थिए । कुस्मा पर्वतमा जन्मिएका स्व प्रधान त्यसपछि चितवन बसाई सराई गरेका थिए । चितवनमा गणित शिक्षक भै काम गरेका प्रधानले एसओएसमा समेत पढाएको बुझिएको छ ।

शान्तलाल प्रधान भरतपुर नेपालको प्रशंसनीय गणित शिक्षक रहेका र आफ्नो परिवारको उज्ज्वल भविष्य सुरक्षित गर्ने आकांक्षाका साथ सन् २०१५ मा अमेरिका आएको गो फन्डमा जनाईएको छ । तर उनी सन् २०२२ मा मेरिल्याण्ड ब्यापार गर्न आएका पनि बुझिएको छ ।

शान्तलाल ९ बर्षसम्म परिवारबाट टाढा थिए र यो दशैंमा  आफ्नो परिवार र साथीहरूलाई भेट्न नेपाल जाने तयारीमा रहेको उनका साथीहरुले बताए । शान्तकी पत्नी, एक छोरी र एक छोरा  नेपाल मै छन् । यस कठिन समयमा अन्त्येष्टि खर्च र अन्य आर्थिक आवश्यकताहरूलाई सहयोग गर्न र नेपालका शोकसन्तप्त परिवारलाई सहयोग गर्न गो फण्डमी एकाउण्टबाट आर्थिक सहयोग उठाउन शुरु गरिएको नेप्लिज डायस्पोराले उल्लेख गरेको छ  ।

१७ भाद्र २०८१, सोमबार १०:४४ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा