Play

कांग्रेसको केन्द्रीय महिला बिभाग र सुभेच्क्षुक संस्था समन्वय विभागमा सदस्यको मनोनयन

गुरुकुल खबर


काठमाडौँ,  नेपाली कांग्रेसको केन्द्रीय महिला बिभाग र केन्द्रीय सुभेच्क्षुक संस्था समन्वय विभागमा केहि सदस्यहरुको मनोनयन गरिएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य पुष्पा भुसाल प्रमुख रहेको नेपाली कांग्रेस महिला विभाग र केन्द्रीय सदस्य अब्दुल सत्तार प्रमुख रहेको शुभेच्छुक संस्था समन्वय विभागको सदस्यमा विभिन्न जिल्लाका काँग्रेस नेताहरुलाई मनोनयन गरेका हुन ।

पार्टीको केन्द्रीय महिला  विभागमा मनोनयन गरिएका सदस्यहरूमा रेणु प्रधान श्रेष्ठ- धनगढी,  तुल्सा पन्त- झापा, कमला लामिछाने- गोरखा,  झल विश्वकर्मा- काठमाडौं, कविता इटानी- धादिङ,  मिलन साह- महोत्तरी, आशा थापा मगर- तनहुँ, रामकुमारी थापा- सुर्खेत,  देवका वेल्वासे- दाङ र  डा. शशी थापा पण्डित- काठमाडौं रहेका छन।

यसैगरि पार्टीको केन्द्रीय शुभेच्क्षुक संस्था समन्वय विभागमा मनोनयन भएका सदस्यहरूमा  राजु थापा- गोरखा,  निर्मला क्षेत्री- अर्घाखाँची, आशिष खतिवडा-  मोरङ, नरेन्द्र डी.सी.- रोल्पा, देवराज नेपाल-  काठमाडौं, मातृका शेर्पा- ताप्लेजुङ, सोनीकुमारी बम्जन- सर्लाही, रामदत्त जोशी- डडेल्धुरा,  दिनेश सन्जयल- कालिकोट र लालमणि पाण्डे- कञ्चनपुर रहेको नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिब  कृष्णप्रसाद पौडेलले गुरुकुल खबरलाई  जानकारी दिएका छन ।

६ भाद्र २०८१, बिहीबार १८:३८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा