पोखरा, इन्जिनियरिंग पेशामा आबद्द इन्जिनियरहरुको छाता संस्था नेपाल इन्जिनियर्स एसोसियसनको केन्द्रीय समिति र प्रदेश समितिको यही भदौ २८ गते हुने अधिबेशनबाट गण्डकी प्रदेश समिति र केन्द्रीय समितिमा निर्बाचित हुनको लागि इन्जिनियरहरुको चुनाबी अभियान तिब्र बन्दै गएको छ। अधिबेशनको सन्दर्भमा सबै प्रदेशमा मतदान हुने र सोहि मतदानबाट केन्द्रीय समिति र प्रदेश समिति निर्बाचित हुने ब्यबस्था छ।
गण्डकी प्रदेशको पोखरामा हुने मतदानमा १ हजार ५ सय ५१ जना इन्जिनियरहरु सहभागी बन्ने छन नेपाल इन्जिनियर्स एसोसियसनको सदस्य रहेकोले उनीहरुले मतदान गरि गण्डकी प्रदेश समितिको नयाँ कार्यसमिति सहित गण्डकी प्रदेशको भूगोलबाट निर्बाचित हुने एक जना केन्द्रीय सदस्य पनि निर्बाचित गर्ने छन। तर केन्द्रीय समितिका पदाधिकारी तथा अन्य सदस्यहरु भने देशभरबाट हुने मतदानबाट निर्बाचित हुने ब्यबस्था रहेको छ।
आसन्न अधिबेशनबाट निर्बाचित हुनको लागि बामपन्थी तथा प्रगतिशील समूह र प्रजातन्त्रबादी समूहको नाममा इन्जिनियरहरु प्यानल नै बनाएर चुनाबी मैदानमा उत्रिएका छन । गण्डकी प्रदेशमा नेकपा एमाले, माओबादी केन्द्र, एकीकृत समाजबादी र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजबादी पार्टी निकट वा कम्युनिस्ट समर्थक इन्जिनियरहरु मिलेर साझा प्यानलको रुपमा संयुक्त प्रगतिशील समूह बनाएको छन।
नेपाली काँग्रेससंग निकट रहेका इन्जिनियरहरुको संस्था सिडेन अर्थात सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स एसोसियसन नेपालको तर्फबाट नेपाल इन्जिनियर्स एसोसियसनको चुनाबको लागि केन्द्रीय समिति र विभिन्न प्रदेश समितिको लागि छुट्टै प्यानल बनेको छ।
उक्त समुहले उमेद्वारी दर्ता गराएपछि चुनाबी अभियान समेत अगाडी बढाएको छ यसैक्रममा उक्त टोलीले नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुंग, सामाजिक विकास तथा स्वस्थ मन्त्री माननीय विन्दु कुमार थापासंग समेत भेटघाट गरि सहयोगको आग्रह गरेको बुझिएको छ।

नेपाली काँग्रेस निकट इन्जिनियरहरुको उक्त प्यानलबाट केन्द्रीय सदस्यमा ( गण्डकी प्रदेश, भूगोलबाट ) अविक केसीले उमेद्वारी दिएका छन । सोहि प्यानलबाट गण्डकी प्रदेशको सभापतिमा सन्तोष जिसी, उपसभापतिमा बिशाल थापा, सचिबमा निरोज लामिछाने, सहसचिबमा मन्जु सिलाकार र कोषाध्यक्षमा बिश्वास आचार्यको उमेद्वारी परेको छ।
एसोसियसनको गण्डकी प्रदेस सदस्य पदको लागि उक्त प्यानलबाट उमेद्वार बन्नेहरुमा महेन्द्र पौडेल, सक्षम अधिकारी, संजयराज तिमिल्सिना, रोचक क्षेत्री, ध्रुब रेग्मी, निरोज घिमिरे, लालबहादुर खत्री, मनोज गिरि, रमेश भट्ट र सुमन शर्मा रहेका छन।

यसैबीच कोषाध्यक्ष पदका उमेद्वार बिश्वास आचार्यले गुरुकुल खबरसंग कुरा गर्दै आंफुसंग स्वतन्त्र ईन्जिनियर परामर्शदाताको रुपमा तथा ईन्जिनियरिंग क्षेत्रको प्रतिनधित्व गर्दै विभिन्न पेशागत संघ संगठनमा रहेर काम गरेको अनुभव रहेको बताएका छन।
हाल नेपाल ईन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशको सदस्य पदमा कार्यरत आचार्यले ईन्जिनियरहरुको पेशागत मर्यादा र स्वतन्त्रताको लागी निरन्तर काम गर्ने चाहनाका कारण आसन्न निर्वाचनमा केन्द्रीय अध्यक्षमा ई. सुवास चन्द्र बरालले र गण्डकी प्रदेश सभापतीमा ई. सन्तोष जिसीले नेतृत्व गरेको लोकतान्त्रिक समुहबाट गण्डकी प्रदेशको कोषाध्यक्ष पदमा उमेद्वारी दिएको जानकारी दिए।






















