Play

परराष्ट्रमन्त्री राणाद्वारा भारतीय प्रम मोदी र विदेशमन्त्री एस.जयशङ्करसंग भेटबार्ता

गुरुकुल खबर


नयादिल्ली,  भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार साँझ भेटबार्ता भएको छ । सोमबार नै परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री एस.जयशङ्करबीच पनि भेटवार्ता भएको थियो

प्रधानमन्त्री मोदी संगको भेटका क्रममा नेपाल भारत बहुआयामिक सम्बन्धका विविध पक्ष तथा दुई देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको थियो ।

मन्त्री डा राणा र भारतीय समकक्षी विदेशमन्त्री एस.जयशङ्करसँग भएको भेटवार्तामा पनि द्विपक्षीय सम्बन्ध र आपसी हितका साथै उर्जा, व्यापार, पूर्वाधार निर्माण तथा सहयोग आदानप्रदान र सहकार्यका बारेमा छलफल भएको बुझिएको छ।

भारतीय विदेशमन्त्री एस.जयशङ्करको निमन्त्रणामा मन्त्री डा राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी हुन । परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमणका क्रममा भारत पुगेकी मन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम छ ।

३ भाद्र २०८१, सोमबार २१:४९ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा