Play

इन्जिनियरहरुको चुनाबी दौड, केन्द्रमा छुट्टाछुट्टै रहेका बामपन्थीहरु गण्डकीमा भने एकै ठाउँमा

कम्युनिस्टतर्फ गण्डकीबाट केन्द्रीय सदस्यमा पोखरेल र प्रदेश अध्यक्षमा गोदारको उमेद्वारी


गुरुकुल खबर


पोखरा, इन्जिनियरिंग पेशामा आबद्द इन्जिनियरहरुको छाता संस्था नेपाल इन्जिनियर्स एसोसियसनको केन्द्रीय समिति र प्रदेश समितिको तेश्रो अधिबेशन यहि भदौ २८ गते हुँदैछ । अधिबेशनले केन्द्रीय समिति र गण्डकी प्रदेशको नयाँ कार्यसमिति चयन गर्नेछ। अधिबेशनमा सबै प्रदेशमा मतदान हुने र सोहि मतदानबाट केन्द्रीय समिति र प्रदेश समिति निर्बाचित हुने ब्यबस्था छ।

सोहि अनुरुप गण्डकी प्रदेशको पोखरामा पनि सोहि दिन मतदान हुने छ। गण्डकी प्रदेशमा १ हजार ५ सय ५१ जना इन्जिनियरहरु नेपाल इन्जिनियर्स एसोसियसनको सदस्य रहेकोले उनीहरुले मतदान गरि गण्डकी प्रदेश समितिको नयाँ कार्यसमिति चयन गर्ने छन। गण्डकी प्रदेश भूगोलबाट निर्बाचित हुने केन्द्रीय सदस्य पनि प्रदेशको अधिबेशनबाट नै निर्बाचित हुने तर केन्द्रीय समितिका पदाधिकारी तथा अन्य सदस्यहरु भने देशभरबाट हुने मतदानबाट निर्बाचित हुने ब्यबस्था रहेको छ।

अधिबेशनबाट निर्बाचित हुनको लागि बामपन्थी तथा प्रगतिशील समूह र प्रजातन्त्रबादी  समूहको नाममा इन्जिनियरहरु प्यानल नै बनाएर चुनाबी मैदानमा उत्रिएका छन । गण्डकी प्रदेशमा नेकपा एमाले, माओबादी केन्द्र, एकीकृत समाजबादी र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजबादी पार्टी निकट बामपन्थी एबम प्रगतिशील विचार समर्थकहरुको साझा प्यानलको रुपमा संयुक्त प्रगतिशील समूह बनेको छ।

गण्डकी प्रदेशमा सबैजसो बामपन्थी एकै ठाउँमा देखिएपनि केन्द्रीय समितिको चुनाबमा भने उनीहरु एकआपसमा प्रतिष्पर्धामा छन। उनीहरुको छुट्टाछुट्टै प्यानल बनेर चुनाबी प्रचार शुरु भैसकेको छ।

प्रगतिशील समुहमा रहेर गण्डकी प्रदेशबाट ई. रामचन्द्र पोखरेल (आर. सी.)ले भूगोल तर्फको केन्द्रीय सदस्यमा उमेद्वारी दिएका छन्। उक्त समुहबाट गण्डकी प्रदेश समितिको अध्यक्ष पदमा महेन्द्र बहादुर गोदारको उमेद्वारी परेको छ। यसै गरि गण्डकी प्रदेश समितिको उपाध्यक्षमा कृष्ण रिजाल, सचिबमा आनन्द भट्टराई, सह सचिबमा अस्मिता खनाल र कोषाध्यक्षमा शोभित श्रेष्ठको उमेद्वारी परेको छ।

उनीहरुमध्ये केन्द्रीय सदस्यका उमेद्वार पोखरेल एपेक्स ग्रुप पोखराका संचालक हुन। उनले लामो समय पोखरा महानगर पालिकामा काम गरेका थिए हाल उनले एपेक्स ग्रुप संचालन गरिरहेका छन् उक्त ग्रुपअन्तर्गत एपेक्स कन्सल्टेन्सी, एपेक्स इन्भेस्टमेन्ट एण्ड डेभलोपर्स, एपेक्स युपिभिसी लगायतका ब्यबसायिक प्रतिष्ठान संचालनमा छन। पोखरेल इन्जिनियरिंग पेशाका अतिरिक्त अन्य ब्यबसायिक प्रतिष्ठानमा पनि संलग्न छन्। उनि पोखरा इभेन्ट सेन्टरको अध्यक्ष, लेक हिल रिसोर्टको निर्देशक लगायतका जिम्मेवारीमा पनि रहेका छन।

पोखरेलले आंफुले संचालन गरेका विभिन्न ब्यबसायिक प्रतिष्ठानमा मात्र २० भन्दा बढी इन्जिनीयर कार्यरत रहेको बताउंदै यो चुनाबमा पेशागत रुपमा सक्षम व्यक्तिलाइ जिताउन उनले आग्रह गरे। ‘ यो पेशागत संगठन हो यहाँ पेशामा दक्ष साथिलाई जिताउनु पर्छ। तसर्थ मैले पनि ” बिचार भन्दा माथि, इन्जिनियर साथि ” भन्ने नारा बोकेर चुनाबी अभियान शुरु गरेको छु।’ पोखरेलले गुरुकुल खबरसंग भने ।

अध्यक्ष पदका उमेद्ववार गोदार पोखरा महानगरपालिकामा कार्यरत छन भने उपसभापतिका उमेद्वार रिजाल डेल्टा इन्जिनियरिंग  कन्सल्टेन्सीमा कार्यरत छन। यसैगरी सचिवका उमेद्वार भट्टराई रेडियो नेपालमा कार्यरत छन् भने सहसचिब खनाल नेपाल बिद्युत प्राधिकरणमा र कोषाध्यक्ष श्रेष्ठ कन्सल्टेन्टको रुपमा कार्यरत छन।

उक्त समुहबाट गण्डकी प्रदेशको सदस्य पदमा उमेद्वार बन्नेहरुमा पोखरा विश्वबिद्यालयमा कार्यरत मनोज कुमार सिंह,सडक विभागमा कार्यरत पदमलाल अधिकारी, कन्सल्टेन्ट सुबास शर्मा, पुर्वाधार बिकास कार्यालय म्याग्दीमा कार्यरत संजय सुबेदी, पर्फेक्ट  इन्जिनियरिंग  कन्सल्टेन्सीमा कार्यरत कालिदास सापकोटा, पश्चिमान्चल इन्जिनियरिंग  क्याम्पसमा कार्यरत प्रदीप अर्याल, कन्सल्टेन्ट बिबेक भट्टराई, म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा कार्यरत इश्वर भण्डारी, कुश्मा नगरपालिकामा कार्यरत संजय लामिछाने र पोखरा एयरपोर्टमा कार्यरत सुदर्शन ढकाल रहेका छन।

३ भाद्र २०८१, सोमबार २१:२२ मा प्रकाशित
Nabintech