Play

घान्द्रुकका अनिश गुरुङ लागु औषध सहित पक्राउ

गुरुकुल खबर


पोखरा,  कास्कीको पोखरा महानगरपालिका वडा न. ३० पावरहाउस नजिक पृथ्वीराजमार्ग सडक खण्डमा सवारी साधन चेक जांच गर्ने क्रममा पोखरातर्फ आँउदै गरेको बसलाई रोकी चेकजाँच गर्दा एक युवा लागु औषध सहित पक्राउ परेका छन।

पक्राउ पर्नेमा कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं. १० घान्द्रुक घर भई हाल पोखरा महानगरपालिका वडा नं. १४ काजि पोखरी बस्ने १८ बर्षीय अनिश गुरुङ रहेको कास्की प्रहरीले जनाएको छ ।

उनको साथबाट लागू औषध ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल २ सय ४० थान र एउटा मोबाइल प्रहरीले बरामद गरेको जनाएको छ।

उनलाई कास्की जिल्ला अदालतबाट लागु औषध मुद्दामा १५ दिन म्याद थप गरि आबश्यक अनुसन्धान भैरहेको समेत कास्की प्रहरीका सूचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए।

३ भाद्र २०८१, सोमबार १९:५८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा