Play

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्तीमा अब एमबिबिएसको पढाई हुने

गुरुकुल खबर


शिरोमणी बराल / पोखरा 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अब चिकित्सा शिक्षा अध्ययन अन्तर्गत एमबीबीएस पढाई शुरु गर्न बाटो खुलेको छ । नेपाल सरकार अन्तर्गतका दुवै प्रतिष्ठानमा एमबीबीएस पढाइ सञ्चालनका लागि अर्थ मन्त्रालयले श्रोत सुनिश्चित गरेपछि एमबिबिएसको पढाई गर्न बाटो खुलेको हो ।

अर्थ मन्त्रालयले ५ करोड  रुपैया विनियोजन गरे पनि थप श्रोत सुनिश्चित नहुँदा पढाइ शुरु गर्न सकेका थिएनन तर अहिले  स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयसंग समन्वय गरे पछि रकम सुनिश्चित भएको र त्यसपछि पढाई गर्न सहज हुने भएको हो। दुवै प्रतिष्ठानले ५ वर्ष अघि पूर्वाधार तयार गरेपनि आर्थिक श्रोत सुनिश्चित नहुदाँ पढाई शुरु हुन सकेको थिएन।

गत साउन २७ गते आफ्नो प्राथमिकता तथा योजना सार्वजनिक गर्दा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दुवै प्रतिष्ठानमा यसै वर्ष चिकित्सा शिक्षा शुरु गर्ने घोषणा गरेकोमा अहिले बजेट समेत सुनिश्चित गर्न सफल भएका हुन ।

अब चिकित्सा आयोगले पूर्वाधारका आधारमा दुवै प्रतिष्ठानका लागि एमबीबीएस पठनपाठनका लागि सिट निर्धारण गर्नेछ। सोही आधारमा पठनपाठन अघि बढाउने गरी मन्त्रालयले तयारी थालेको छ ।

‘देशमा चिकित्सक अभाव रोक्न दक्ष जनशक्ति उत्पादन बढाउने हाम्रो लक्ष्य हो,’ मन्त्री पौडेलले भने, ‘प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययनसँगै थप चिकित्सक अध्ययन गर्ने मार्ग खोल्न हामी लाग्नेछौं ।’

मन्त्री पौडेलको प्राथमिकता तथा योजनामा एक सय बेडभन्दा माथिका सरकारी अस्पतालमा नर्सिङ र तिन सय बेडभन्दा माथिका सरकारी अस्पतालमा स्नातक र स्नातकोत्तर तहका विषय अध्यापन गर्ने कुरा पनि परेको छ । सोहि अनुरुप विगतमा भएका अध्ययन पुनरावलोकन गरी चिकित्सा शिक्षा आयोगको परामर्शका आधारमा कार्यान्वयन गरिने समेत पौडेलले बताएका छन। यसअनुसार आवश्यक तयारीका लागि मन्त्रालयले काम अघि बढाएको जनाएको छ।

२ भाद्र २०८१, आईतवार १६:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा