Play

ब्राजिलमा बिमान दुर्घटना, एक मिनेटमा १७ हजार फीट तल खस्दा ६१ जनाको मृत्यु

गुरुकुल खबर


साउपाओलो । ब्राजिलको साओ पाउलोमा एउटा विमान दुर्घटना हुँदा विमानमा सवार सबै ६१ जनाको मृत्यु भएको छ।

दुई इन्जिन भएको टर्बोप्रप दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको ग्वारुल्होस विमानस्थलतर्फ उडिरहेको बेला भिन्हेडो सहरमा खसेको भोपास एयरलाइन्सले जनाएको छ।

सामाजिक सञ्जालमा प्रसारित फुटेजमा विमान ठाडो रूपमा तल झरेको देखाइएको छ । यो खस्दै गर्दा अनियन्त्रित भएर घुमिरहेको भिडियोमा देखिएको छ।

एटीआर ७२–५०० मा ५७ यात्रु र चालक दलका चार सदस्य सवार थिए । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् । मृतकहरू सबै ब्राजिलकै नागरिकहरू छन्। जहाजमा सेमिनारमा भाग लिनका लागि जाँदै गरेका डाक्टरहरूसमेत रहेको बताइएको छ।

साओ पाउलो राज्यका गभर्नर टार्सिसियो गोम्स डे फ्रेटासले तीन दिनको शोकको घोषणा गरेका छन्।

अधिकारीहरूले फ्लाइट रेकर्डरहरू प्राप्त गरिसकेको बताएका छन् । फ्रान्सेली-इटालियन विमान निर्माता एटीआरले अनुसन्धानमा सहयोग गर्ने बताएको छ।

विमान आवासीय क्षेत्रमा खसे पनि तर जमिनमा कोही पनि घाइते भएनन्। स्थानीय कन्डोमिनियम कम्प्लेक्समा रहेको एउटा घरमा मात्रै क्षति पुगेको अधिकारीहरूले बताएका छन्।

दुर्घटना भएको जहाजले दुर्घटना हुनुभन्दा डेढ मिनेटअघि उचाइ गुमाएको खुलेको छ।

शुक्रबार दिउँसो १:२१ बजे १७ हजार फिट उचाईमा उडिरहेको विमान १० सेकेन्डमै लगभग २४० फिट तल खसेको फ्लाइटराडार २४ को उडान ट्र्याकिङ डाटाले देखाएको छ।

पराना राज्यको कास्केवेलबाट साओ पाउलोको अन्तर्राष्ट्रिय विमानस्थल जाँदै गरेको भोयपास एयरलाइन्सको  एटीआर-७२ जहाज साओ पाउलोबाट लगभग ८० किलोमिटर उत्तरपश्चिम विन्हेडो शहरमा घरहरू रहेकै ठाउँमा खसेको थियो।

अमेरिकी समाचार संस्था सिएनएनका अनुसार जहाज २५० फिट तल खसेपछि फेरि ४०० फिट माथि पुगेको थियो। त्यसको ८ सेकेन्डपछि २ हजार फिट हुँदै  एक मिनेटको अवधिमा १७ हजार फिट तल खसेर दुर्घटना भएको थियो।

सिएनएनले जहाज उचाई गुमाउँदै गरेको भिडिओसमेत सार्वजनिक गरेको छ।

उक्त जहाज आवासीय क्षेत्रमै खसेको थियो। दुर्घटनास्थल वरपरका घरहरूमा केही क्षति पुगेको भएपनि त्यहाँका मानिसहरूलाई  मानवीय क्षति भने नभएको सिएनएनले उल्लेख गरेको छ।

दुर्घटनाग्रस्त जहाजको ब्ल्याक बक्स भेटिइसकेको छ। दुर्घटना के कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको एयरलाइन्स सुरक्षा अधिकारीहरूले बताएका छन्।

२६ श्रावण २०८१, शनिबार २१:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा