Play

फोनिज स्थापनाको रजतवर्ष – पत्रकार महासंघको कार्यालय परिसरमा सफाई

गुरुकुल खबर


पोखरा, नेपालआदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले रजतवर्ष मनाउने क्रममा नेपालपत्रकार महासंघ गण्डकी र कास्की शाखा कार्यालय परिसरमा सरसफाई गरेको छ । फोनिज गण्डकीको आयोजना र कास्कीको सह–आयोजनामा शनिबार महासंघ परिसरमा घाँस काट्दै, गोडमेल सहित सरसफाई गरिएको हो।

कार्यक्रममा फोनिजका संघिय सल्लाहकार हुमबहादुर तमुले रजत वर्षलाई भव्य बनाउनका लागि फोनिजले आफ्ना शाखा रहेको जिल्ला प्रदेशहरुमा रचनात्मक कार्यक्रम गरिरहेको बताए । गण्डकी प्रदेश र कास्की जिल्ला शाखाले सांकेतिक रुपमा सरसफाई कार्यक्रम गरेको सुनाए । ‘देशैभरी रजतवर्षको उत्सवचलिरहेको छ । सोहीअनुसार गण्डकी र कास्की शाखाले पनि कार्यक्रम तय गरेको हो,’ उनले भने

’कार्यक्रममा फोनिजसँग आबद्ध पदाधिकारी, कार्यसमिति र सदस्य पत्रकारहरुको सहभागिता रहेको थियो।

राजतवर्षकै अवसरमा फोनिजले साउन २४ गते खेलकुद कार्यक्रम आयोजना गरेको फोनिज गण्डकीका महासचिव धनबहादुर गुरुङले जानकारी दिए । उक्त दिन पत्रकार मञ्चको पुरुष टोली र फोनिजको पुरुष टिम साथै नेपाल पत्रकार महासंघ कास्की शाखाको महिला टिम र फोनिजको महिला टिमसँगै पुरुष भेट्रान्स पत्रकार बिच मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुनेछ ।सोही दिन पत्रकारहरु बिच (महिला र पुरुष) खुला छेलो प्रतियोगिता पनि हुने उनले बताए ।

रजत वर्ष मनाउने क्रममा साउन २७ गते मुल कार्यक्रम हुने र उक्त दिन वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा स्थापना गरिएको ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ वितरण गरिने कार्यक्रम छ ।  उक्त पुरस्कार यस वर्ष कास्कीका पत्रकार दीपेन्द्र श्रेष्ठ र नवलपुरकी पत्रकार कमला रानामगरलाई प्रदान गरिने छ।

२० श्रावण २०८१, आईतवार १९:४४ मा प्रकाशित
Nabintech