Play

गण्डकी प्रदेशका मन्त्री मनांगेलाई कारबाहीको माग

गुरुकुल खबर


पोखरा,  गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले पत्रकारलाई कुट्नुपर्ने अभिव्यक्ति दिएको बिरोधमा सोमबार पोखराका पत्रकारहरु एकजुट भएका छन पत्रकारिता संग सम्बन्धित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु समेतको एक प्रतिनिधिमण्डलले मन्त्री मनांगेलाई कारबाही गर्न गण्डकी प्रदेश सरकार संग माग गरेका छन।

संसदीय पत्रकार मञ्च गण्डकीले सोमबार कार्यवाहक मुख्यमन्त्री विन्दुकुमार थापालाई भेटेर ध्यानाकर्षणपत्र बुझाउंदै मन्त्री मनांगेलाई कारबाहीको माग गरेको हो। पत्रमा मनाङेले पत्रकारको नामै किटेर दिएको अभिव्यक्तिप्रति गण्डकी प्रदेश सरकारको धारणा मागिएको छ भने गुरुङलाई कारबाही गर्न पनि गण्डकी प्रदेश सरकारसँग माग गरिएको छ।

मंचका अध्यक्ष भरत कोइरालाले कार्यबाहक मुख्य मन्त्री थापालाई ध्यानाकर्षण पत्र बुझाउंदै भने ‘मन्त्री मनांगेले गर्दै आएका क्रियाकलाप लोकतान्त्रिक व्यवस्थाप्रतिको भद्दा मजाक हो भन्ने हाम्रो ठम्याइ छ । नैतिकताको आधारभूत सिद्धान्त समेत पालना नगरी, मन्त्रीले पदीय मर्यादाको ख्यालै नगरी भित्रीवस्त्र मात्र लगाएर मन्त्रालयको कुर्सीमा बस्नु आफै अशोभनीय कार्य हो, पदीय मर्यादाका साथमा नैतिक मूल्य र मान्यताका बारेमा मन्त्री आफै पनि सचेत हुनुपर्ने हो । त्यसका अतिरिक्त नेपाल सरकार र नेपालका कानुनलाई समेत आधार मानेर गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषद्का सदस्यले पालना गर्नुपर्ने आचारसंहिता विसं २०७४ चैत १२ गते प्रदेश मन्त्रिपरिषदबाट जारी भएको यहाँ स्मरण गराउँदछौँ।’

ध्यानाकर्षण पत्र बुझ्दै थापाले यस  सम्बन्धमा आंफुले मन्त्री मनांगेसंग भेटेर कुरा गरिसकेको बताए ” म संगको कुराकानीमा मन्त्रीजीले अलि नहुनुपर्ने कुरा भएछ भनेर गल्ति महशुस गरेको र आगामी दिनमा यस्तो घटना दोहोरिन नदिने बताए।

१४ श्रावण २०८१, सोमबार २१:२३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा