पोखरा, पोखरा-२१ मा बिहान भएको स्कुल बस दुर्घटनामा परि ३३ बर्षीय आरती बिक र उनका छोराको मृत्यु भएको छ। अन्य घाईतेको पोखराका विभिन्न अस्पतालमा उपचार भैरहेकोमा अर्का एक बालकको पनि उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुने बालक पोखरा -२१ कृष्ती घर भएका अन्दाजी ६ बर्षीय प्रिन्स बिक रहेको र उनि मृतक आरती बिकको छोरा रहेको बुझिएको छ ।
कास्की प्रहरीले दिएको जानकारी अनुसार निम्न घाइतेहरुको अवस्था र उनीहरुको उपचार भैरहेको अस्पताल यस प्रकार छ।
गण्डकी मेडिकल कलेजमा उपचाररत घाईतेहरु
१) जिल्ला कास्की पोखरा म.न.पा. २१ कृष्ती बस्ने बर्ष ९ को अनमोल बि.क., नाक र मुखमा चोट, अबस्था मध्यम ।
२) ऐ.ऐ. बस्ने बर्ष ५ को रोशन बराल, टाउको र नाकमा चोट, अबस्था मध्यम ।
३) ऐ.ऐ. रामदी बस्ने बर्ष १४ को दिप्सन कार्की, नाक र मुखमा चोट, अबस्था मध्यम ।
४) ऐ.ऐ. बस्ने बर्ष ६ को योना गुरुङ। ढाडमा चोट, अबस्था मध्यम ।
५) ऐ.ऐ. बस्ने बर्ष १३ की डिना गुरुङ, अनुहारमा चोट, अबस्था सामान्य ।
६) ऐ.ऐ. बस्ने बर्ष १५ की प्रकृती कार्की, टाउको र खुट्टामा चोट, अबस्था मध्यम ।
७) ऐ.ऐ. एकहाते बस्ने बर्ष ६ को प्रिन्स राना, दायाँ हातमा चोट, अबस्था सामान्य ।
८) ऐ.ऐ. रामदी बस्ने बर्ष ७ की चिजा बि.क., दायाँ खुट्टा र मुखमा चोट, अबस्था सामन्य ।
९) ऐ.ऐ. बस्ने बर्ष ९ को प्रवेश कार्की, दायाँ खुट्टा र टाउकोमा चोट, अबस्था मध्यम ।
१०) ऐ.ऐ. बस्ने बर्ष १२ की विसिका पौडेल, नाक र मुखमा चोट, अबस्था मध्यम ।
११) ऐ.ऐ. बस्ने बर्ष ११ को बिश्वास पौडेल, दायाँ खुट्टामा चोट, अबस्था सामान्य ।
१२) ऐ.ऐ. बस्ने बर्ष ४/५ को प्रिन्स बि.क.टाउको,नाक र मुखमा चोट,अबस्था सिरियस । (करिब ११ बजे मृत्यु भएको)
१३) ऐ.ऐ. एकहाते बस्ने बर्ष १२ की सिम्रन बि.क., दुबै खुट्टा र टाउकोमा चोट,अबस्था मध्यम ।
१४) ऐ.ऐ. रामदी बस्ने बर्ष ११ को विवश खत्री, टाउको र बायाँ खुट्टामा चोट, अबस्था मध्यम ।
१५) ऐ.ऐ. बस्ने बर्ष ३३ की आरती बि.क., ऐ.०९:४१ बजे चिकित्सकद्वारा मृत घोषणा ( विद्यालयको कार्यालय सहयोगी) ।
पश्चिम क्षेत्रीय अस्पतालमा उपचाररत घाईतेहरु:-
१) जिल्ला कास्की पोखरा म.न.पा. २१ बस्ने बर्ष ८ की अनन्या पौडेल, टाउको हात र खुट्टामा चोट, अबस्था मध्यम ।
२) ऐ.ऐ. बस्ने बर्ष ३ की सिमन मगर, टाउको हात र खुट्टामा चोट, अबस्था मध्यम ।
३) ऐ.ऐ. बस्ने बर्ष ३ को न्युजन मगर, टाउको हात र खुट्टामा चोट, अबस्था मध्यम ।
४) ऐ.ऐ. बस्ने बर्ष ७ को रिजन मगर, टाउको हात र खुट्टामा चोट, अबस्था मध्यम ।
५) ऐ.ऐ. बस्ने बर्ष १२ को रामकृष्ण नेपाली, टाउको हात र खुट्टामा चोट, अबस्था मध्यम ।
६) ऐ.ऐ. बस्ने बर्ष २ को अंकित खत्री, टाउको हात र खुट्टामा चोट, अबस्था मध्यम ।
७) ऐ.ऐ. बस्ने बर्ष १४ की सितादेवी बि.क., टाउको हात र खुट्टामा चोट, अबस्था मध्यम ।
८) ऐ.ऐ. बस्ने बर्ष ७ को अस्मित बि.क., टाउको हात र खुट्टामा चोट, अबस्था मध्यम ।
९) ऐ.ऐ. बस्ने बर्ष ३० की सुमित्रा सुनार, टाउको हात र खुट्टामा चोट, अबस्था मध्यम । (अविभावक)
१०) ऐ.ऐ. बस्ने बर्ष २ को निर्दोष सुनार, हात र खुट्टामा चोट, अबस्था मध्यम ।
११) ऐ.ऐ. बस्ने बर्ष ३० की सपना आले, हात र खुट्टामा चोट, अबस्था मध्यम, (शिक्षक) ।
१२) ऐ.ऐ. बस्ने बर्ष ११ को निश्चल सुनार, हात र खुट्टामा चोट, अबस्था मध्यम ।
मणिपाल शिक्षण अस्पतालमा उपचाररत घाईतेहरु:-
१) जिल्ला कास्की पोखरा म.न.पा. १७ बिरौटा बस्ने बस चालक बर्ष ५५ को टेक बहादुर भुजेल (ढाडमा चोट, अबस्था मध्यम)
२) ऐ.ऐ. २१ रामदी बस्ने बर्ष ८ को निशान सुनार (कक्षा ३) टाउकोमा चोट, अबस्था समान्य ।
३) ऐ.ऐ. बस्ने बर्ष ५ को सागर थापा, आँखामा चोट, अबस्था मध्यम ।
बिहान ८:५५ बजेको समयमा पोखरा गुड्कु स्थित भित्री सडक खण्डमा रामदीबाट पोखरा तर्फ आउँदै ग १ क ६२१९ नं. को स्कुल बस सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको र बसमा चालक सहित २७ जना बिद्यार्थीहरु घाईते भई उपचारको लागी पोखराको बिभिन्न अस्पतालमा पठाएको प्रहरीले जनाएको छ
घटनास्थलमा कास्कीका प्रहरी उपरिक्षक मोहन कुमार थापाको कमाण्डमा ५५ जना र वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरिक्षक कमलकान्त पोखरेलको कमान्डमा १५ जनाको टोलि उद्वारको निम्ति पुगेको थियो