Play

भद्रकालीमार्ग स्थित पोखरा युनाइटेड एकेडेमीमा नयाँ बिद्यार्थीलाई स्वागत

गुरुकुल खबर


पोखरा,  पोखरा महानगरपालिका –१२ भद्रकालीमार्गमा संचालित पोखरा युनाइटेड एकेडेमी सेकेन्डरी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक लक्ष्मण देवकोटाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरिएको थियो।

समारोहमा राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक देवकोटाले विद्यार्थीमा अनुशासन र देशप्रेमको भावना विकास गराउनुपर्नेमा जोड दिए

उनले उच्च शिक्षा आर्जन गरेपछि स्वदेशमै बसी आफ्नो श्रम र सीपको प्रयोग गर्ने र देश विकासमा जुट्ने जनशक्ति तयार गर्नु अहिलेको आबश्यकता रहेको बताए ।

विद्यालय उपप्राचार्य देवेन्द्र अधिकारी र गोविन्द चापागाईँले नवआगन्तुक विद्यार्थीको उज्ज्वल शैक्षिक सफलताको शुभकामना व्यक्त गरे ।

विद्यालयका सल्लाहकार एवं पर्यटन व्यवसायी सन्तोष पोख्रेलले विद्यार्थीहरुले आफ्नो जीवन सफल बनाउने आधारशीलाको रुपमा बिद्यालय जिबनको सदुपयोग गर्न आग्रह गरे ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवबहादुर भण्डारीले विद्यालय तहको शिक्षा एवं सिकाइ बालबालिकाको उज्ज्वल भविष्यको समग्र आधारशिला भएको हुँदा अनुशासित एवं लगनशील भै अध्ययन गर्नुपर्नेमा जोड दिए । कार्यक्रम सञ्चालन शिक्षक फणीन्द्रराज पौडेलले गरेका थिए ।

१३ श्रावण २०८१, आईतवार १५:०९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा