Play

कास्की प्रहरीको सूचना अधिकारी भनि रकम माग्ने बाटुलेचौरका क्षेत्री पक्राउ

गुरुकुल खबर


पोखरा, कास्की जिल्ला प्रहरी कार्यालयको सूचना अधिकारी बनेर सर्बसाधारण संग रकम माग गर्ने गरेको अभियोगमा प्रहरीले पोखरा -१६ बाटुलेचौर बस्ने २१ बर्षीय सुजित क्षेत्रीलाई पक्राउ गरेको जनाएको छ।

“म जिल्ला प्रहरी कार्यालयको सूचना अधिकारी हु, तपाईंहरुको केहि काम छ भने म गरिदिन्छु” भन्दै सर्बसाधारण संग उनले रकम माग गर्ने गरेको प्र्हरीले जनाएको छ । उनले  ह्वाट्सअप र टेलिग्रामबाट प्रहरी संग काम भएका सर्बसाधारणलाई सम्पर्क गरि रकम माग गर्ने गरेको बुहिएको छ।

उनलाई पोखराको लामाचौरबाट आइतबार पक्राउ गरि सार्बजनिक हित, स्वास्थ्य, सुरक्षा, सुबिधा र नैतिकता बिरुद्दको कसुरमा ५ दिन म्य्यद थप गरि अनुसन्धान प्रक्रिया अगाडी बढाइएको कास्कीका प्रहरी नायब उपरिक्षक एबम सूचना अधिकारी बसन्त कुमार शर्माले गुरुकुल खबरलाई जानकारी दिए ।

८ श्रावण २०८१, मंगलवार ०६:२६ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा