Play

बेलायती प्रम स्टार्मरद्वारा मन्त्रिपरिषद् गठन, ‘रिभ्स’ बेलायतको पहिलो महिला अर्थमन्त्री

गुरुकुल खबर


लन्डन । बेलायतका नवनिर्वाचित प्रधानमन्त्री कियर स्टार्मरले आफ्नो मन्त्रिपरिषद् गठन गरेका छन् । उनको सरकारमा एन्जेला रेनरलाई उपप्रधानमन्त्री बनाइएको छ ।

त्यस्तै रेचल रिभ्सलाई अर्थमन्त्री नियुक्त गरिएको छ । रिभ्स बेलायतको पहिलो महिला अर्थमन्त्री हुन्। परराष्ट्र मन्त्रालयको जिम्मेवारी डेभिड लेमीलाई दिइएको छ भने यभेट कुपरलाई गृहमन्त्री बनाइएको छ ।

यसैगरी जोन हेलीलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ । शबाना महमूदलाई न्यायमन्त्री बनाइएको छ । बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किएको हो ।

यो जितपछि स्टार्मरले भने, ‘तपाईंले यसको लागि प्रचार गर्नुभयो। तपाईंले यसको लागि लड्नुभयो। तपाईंले भोट गर्नुभयो र अब समय आएको छ। परिवर्तन यहाँबाट सुरु हुन्छ। र इमानदारीपूर्वक भन्नुपर्दा मलाई धेरै राम्रो लाग्छ। लेबर पार्टी आजको दिनको लागि परिवर्तनका साथ देश सेवा गर्न तयार छ।’ पराजयपछि पूर्वप्रधानमन्त्री ऋषि सुनकले राष्ट्रका नाममा सम्बोधन गर्दै हारको जिम्मेवारी लिएका थिए ।

२२ असार २०८१, शनिबार १०:०९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा