Play

एम्नेस्टी समूह -८२ को अधिबेशन, नरेश संयोजक रहेको नयाँ समिति चयन

एम्नेस्टी नेपालले विभिन्न अभियान संचालन गरिरहेको छ- बुढाथोकी


गुरुकुल खबर


पोखरा, एम्नेस्टी इन्टरनेसनल शिक्षक तथा सामाजिक कार्यकर्ता समूह -८२ को १४ औं अधिबेशन तथा २७ औं साधारण सभा शुक्रबार पोखरामा सम्पन्न भयो । अधिबेशनको उद्घाटन गर्दै एम्नेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष बिपिन बुढाथोकीले एम्नेस्टी इन्टरनेसनल नेपालले संक्रमणकालिन न्यायको सवालमा, आप्रबाशी श्रमिकको समस्या समाधान गर्ने सवालमा, जलबायु परिबर्तनको सवालमा र आस्थाका बन्दिको सवालमा प्रथामिकताको साथ अभियान संचालन गरिरहेको जानकारी दिए ।

बुढाथोकीले सन २००० सम्म एम्नेस्टीले राजनीतिक र नागरिक अधिकारको क्षेत्रलाई प्राथमिकता दिएर काम गरेको भएपनि त्यसपछिको समयमा सामाजिक, सांस्कृतिक, आर्थिक लगाएतका अधिकारको क्षेत्रमा पनि काम गरिरहेको जानकारी दिए।   उनले नेपालमा ८ हजार बढी र विश्वका १ सय ५० मुलुकमा १ करोड भन्दा बढी सदस्य रहेको जानकारी दिंदै नेपालको जेठो मानबधिकार सम्बन्धि काम गर्ने संस्था नै एम्नेस्टी इन्टरनेसनल रहेको स्पष्ट पारे ।

एम्नेस्टी इन्टरनेसनल समूह- ८२ का संयोजक मिना थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समुहका संस्थापक संयोजक हेडम्बराज कोइराला, पूर्व संयोजक देबमणि भण्डारी, नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका पूर्व अध्यक्ष,  कुलदेवी बराल,समुह  समूह ५४ का संयोजक सुरेन्द्र परियार,मानब अधिकार आयोग गण्डकी प्रदेशका कार्यक्रम अधिकृत मोहन काफ्ले लगायतले आआफ्नो भनाई राखेका थिए ।

अधिबेशनले समुहका निबर्तमान सचिब नरेश बराल संयोजक रहेको नयाँ कार्यसमिति निर्बिरोध चयन गरेको छ।  संयोजकको लागि नरेश सहित निबर्तमान सहसचिब दुर्गा बरालले उमेद्वारी दिएको भएपनि अन्तिममा दुर्गा बरालले आफ्नो उमेद्वारी फिर्ता गरेपछि नरेश बराल निर्बिरोध अध्यक्ष चयन भएका हुन।

समितिको सह- संयोजकमा सुनादेवि श्रेष्ठ, सचिबमा हरि प्रसाद शर्मा, कोषाध्यक्षमा सुमना सुबेदी र सह सचिबमा लक्ष्मी कोईरालालाई राखिएको छ।  भने सदस्यहरुमा सिरी गुरुङ, टक माया छन्त्याल, रजनी भुजेल, ई. हरि प्रसाद अधिकारीलाई राखिएको छ।

निर्बाचन सम्पन्न गर्न समुहका पूर्व अध्यक्षहरु विशेश्वर पराजुली, रमेश बराल र टंक भण्डारी सहितको सहजीकरण समिति बनेको थियो ।

२१ असार २०८१, शुक्रबार २०:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा