Play

अमेरिकाको बाल्टिमोरमा घिमिरेको पुस्तक ‘बिपी कोइरालाज स्टेटमेन्ट ईन कोर्ट’को लोकार्पण

गुरुकुल खबर


बाल्टिमोर (अमेरिका), अमेरिकामा बस्दै आएका सुवास घिमिरेले लेखेको पुस्तक ‘बिपी कोइरालाज स्टेटमेन्ट ईन कोर्ट’ को लोकार्पण गरिएको छ । जय नेपाल इन्टरनेशनल फाउण्डेशन मेरील्याण्ड च्याप्टरको संयोजनमा आयोजित कार्यक्रममा जयनेपाल इन्टरनेसनल फाउन्डेसनका अध्यक्ष डा. यादव पण्डित, एनआरएनए आइसीसीका पूर्व अध्यक्ष रबिना थापा, जयनेपाल फाउन्डेसनका मेरिल्याण्ड च्याप्टरका अध्यक्ष केशव शर्मा पौडेल, हिन्दु बुद्ध मन्दिर मेरिल्याण्डका अध्यक्ष डा. श्याम कार्की र   लेखक तथा अनुवादक सुवास घिमिरेले उक्त पुस्तकको लोकार्पण गरेका थिए। कार्यक्रम बाल्टिमोरको फेमिली किचेनको सभाहलमा भएको थियो ।

लोकार्पण गरिएको उक्त पुस्तकमाथिको चर्चा गर्दै बक्ताहरुले ४७ वर्ष अगाडि नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले अदालतमा व्यक्त गरेको मानव अधिकार, प्रजातन्त्र र नागरिक अधिकारका विषयमा आफ्नो आफ्नो ढंगले ब्याख्या गरे। बिपीको सङ्घर्ष र बलिदानबाट प्राप्त प्रजातन्त्रका कारण नेपालीहरुले अमेरिका लगायतको विदेशी भूमिमा समेत राम्रो अवसर पाउन सफल भएको भन्दै बक्ताहरुले बिपी कोइरालाजस्ता दुरदर्शी नेताको अभावले पनि नेपालको बिकासले गति लिन नसकेको टिप्पणी गरे ।

पुस्तकको समिक्षा गर्दै हिन्दुबुद्ध मन्दिर मेरिल्याण्डका अध्यक्ष एबम समाजसेवी डा. श्याम कार्कीले पुस्तकले नेपाल र नेपालका अग्रजहरुले गरेको त्याग समर्पणलाई समेटेको उल्लेख गरे । “त्यो बेलाको कङगारु कोर्टमा उपस्थित भएर बिपी कोइरालाले नागरिकको आवाज बुलन्द पार्नुभएको थियो”, उनले भने, “यस्तो महत्वपूर्ण दस्तावेजले अमेरिकी समाजमा नेपालको बारेमा थप जानकारी पस्किने अवसर प्रदान गरेको छ ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाका अध्यक्ष एबम पत्रकार मधुकर अधिकारीले आधा शताब्दी अगाडि बिपी कोइरालाले अदालतमा व्यक्त गरेको विषय नागरिकको मौलिक हक, अधिकार र प्रजातन्त्रका लागि महत्वपूर्ण दस्तावेज भएको भन्दै पुस्तकको अध्ययनले नेपाली राजनीतिको इतिहास बुझ्न सहज हुने बताए ।

पुस्तकका लेखक घिमिरेले विदेशमा बस्ने दोस्रो पुस्ताका युवालाई लक्षित गरेर बिपीले अदालतमा व्यक्त गरेको विषयलाई अनुवाद गरी पुस्तकका रुपमा तयार पारिएको बताए ।

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष डा. यादव पण्डितले बिपीको योगदान भावी पिँढीसम्म पुर्याउन लेखकले गरेको प्रयासको प्रशंसा गरे।

जयनेपाल इन्टरनेसनल फाउन्डेसन मेरिल्याण्ड च्याप्टरका अध्यक्ष केशव शर्माको सभापतित्वमा भएको उक्त कार्यक्रममा   एनआरएनए आइसीसीका पूर्वअध्यक्ष रविना थापा, नेपाली कांग्रेसका महासमिति सदस्य गौतम दाहाल, नासो कम्युनिटी मेरिल्याण्डका पूर्व अध्यक्ष गोपाल विश्वकर्मा, नेपाली जनसम्पर्क समिति मेरिल्याण्डका सभापति राज सेञ्चुरी, चितवन समाजका अध्यक्ष एबम जयनेपाल फाउन्डेसन मेरिल्याण्डका सल्लाहकार आनन्दकृष्ण घिमिरे,  एनआरएनएका बोर्ड सदस्य तथा न्युज लेटर पब्लिकेसन कमिटि संयोजक बिष्णु बराल, प्रवासी नेपाली मञ्चका प्रभुराम थापा, नेपाली जनसम्पर्क समितिका नेता नारायण थापा लगायतले बिपी कोइरालाको बहुआयामिक पक्षबारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा बानाका अध्यक्ष सुवोधविलास पन्त, एनआरएनए मेरिल्याण्डका अध्यक्ष कुल गुरुङ, बानाका पूर्व अध्यक्ष कुलमणि आचार्य, नेपाली जनसम्पर्क समितिका महासचिब नेत्र केसी, नेपाली काँग्रेसकी नेत्री एबम पूर्व महाधिबेशन प्रतिनिधि चित्रा केसी, एनआरएनएका पूर्व बोर्ड सदस्य डोलनाथ घिमिरे, एनआरएनए आइसीसीका पूर्व सदस्य शिवराज पौडेल, एनआरएनए  एनसीसीका पूर्व सल्लाहकार अर्जुन सिग्देल, नेपाल महिला संघ पर्वतकी अध्यक्ष मुना शर्मा लामिछाने, जयनेपाल फाउन्डेसन मेरिल्याण्ड च्याप्टरका झबिन्द्र बेलबासे  र पूर्व रेडियोकर्मी शोभा घिमिरे, लगायतका वक्ताले बिपीको योगदान र अदालती बयानका विभिन्न पक्षको बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

१७ असार २०८१, सोमबार २१:४८ मा प्रकाशित
Nabintech