Play

राजनीतिक, सामाजिक र शैक्षिक व्यक्तित्व लामिछानेको योगदान उल्लेखनीय- कांग्रेस

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसका पुराना नेता तथा काँग्रेसको जेष्ठ नागरिक सभाका सदस्य होमबहादुर लामिछानेको निधन भएको नबौं दिनमा नेपाली काँग्रेस पोखरामहानगर पालिका वडा न ६ समितिले शुक्रबार बिहान श्रद्दान्जली सभाको आयोजना गर्यो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले स्व. लामिछानेले प्रजातन्त्र प्राप्तिको आन्दोलनमा तथा नेपाली काँग्रेसको संगठनलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले  सामाजिक, शैक्षिक र राजनीतिक लगायत विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्बाह गरेको बताए ।

लामिछानेले पोखरा महानगरपालिका वडा न ६ को वडाध्यक्षको रुपमा तिन कार्यकाल, तालबाराही माध्यामिक बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षको रुपमा तिन कार्यकाल बिताएका थिए । अन्य सामाजिक गतिविधिमा उनको सक्रियता सराहना गर्न लायक मानिन्थ्यो । बैदाम क्षेत्रका भित्रि सडक ( डहर ) विस्तार गरेर फराकिलो बनाउन लामिछानेको योगदान महत्वपूर्ण रहेको स्थानीयहरु बताउछन।

कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पंचायती शासनकालमा पनि लामिछानेले नेपाली काँग्रेसका सैयौं नेता र  कार्यकर्ताहरुलाई आश्रयस्थल सहित खानपिनको ब्यबस्थापन गरेको स्मरण गर्दै नेपाली काँग्रेसको कार्यालय निर्माण गर्न लामिछानेले दिएको  जग्गामा यथाशिघ्र कार्यालय निर्माण गर्न आग्रह गरे। बैदाम क्षेत्रमा कम्युनिस्ट हरुको प्रभाब रहेपनि लामिछानेले निडरता पुर्बक पार्टीको लागि योगदान गरेको शर्माले उल्लेख गरे ।

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य शारदा पौडेलले बैदाम क्षेत्रको समग्र विकास तथा गरिब र असहायको लागि लामिछानेको सहयोग उल्लेखनीय रहेको बताईन ।

नेपाली काँग्रेस पोखरा -६ का सभापति सन्तोष पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस पोखरा -६ का पूर्व सभापति दिपकबीर कुँवर, पोखरा – ७ का सभापति नबिन बराल लगायतले स्व लामिछानेले नेपाली काँग्रेस र समाजको लागि धेरै कुरा दिएको भएपनि उनले पार्टीबाट कुनै लाभ नलिएको बताए ।

स्व लामिछानेको निधन प्रति नेपाली काँग्रेस केन्द्रीय समितिको तर्फबाट सभापति शेरबहादुर देउबाले शोक बिज्ञप्ति जारी गरि दुख ब्यक्त गरेको त्यस कार्यक्रममा जानकारी गराइएको थियो।

लामिछानेका श्रीमतीहरु मध्ये शिबा लामिछानेको केहि वर्ष अगाडी निधन भएको थियो । उनकी अर्की श्रीमती कृष्ण कुमारी र ५ छोराहरु रहेकोमा हाल धर्मबहादुर (सिंह) लामिछाने, सुनील लामिछाने र बिकास लामिछाने तिन छोराहरु रहेका छन। धर्म र विकास नेपाली काँग्रेसको क्षेत्रिय प्रतिनिधि सहित काँग्रेसको बिभिन्न भात्रीसंस्थामा समेत सक्रिय छन। लामिछानेका दुइ छोरा कृष्णबहादुर र बिष्णुबहादुरको यस अगाडी नै निधन भैसकेको छ ।

स्व. लामिछानेका तिन छोरीहरु लक्ष्मी, शोभा र शुसिला रहेका छन ।

पोखरा महानगरपालिका वडा न. ६ बैदाम, स्कुलपाटन निबासी राजनीतिक, सामाजिक एबम शैक्षिक व्यक्तित्व होमबहादुर लामिछानेको ९१ बर्षको उमेरमा ९ दिन अगाडी निधन भएको हो । केहि वर्षदेखि उच्चरक्तचाप र सुगर सहित अन्य रोगका कारण पिडित लामिछाने करिब २ महिना अगाडी प्रेसरकै कारण गम्भीर बिरामी परेका थिए।

१५ असार २०८१, शुक्रबार ११:३९ मा प्रकाशित
Nabintech