Play

राप्रपाको बिशेष महाधिबेशन गर्न केन्द्रीय सदस्य थापाको माग

गुरुकुल खबर


पोखरा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृ रेखा थापाले राष्ट्रवादी आन्दोलनलाई मूर्तरुप दिन पार्टीको विशेष महाधिवेशन गर्दै नयाँ उर्जा लिएर अघि बढ्नु पर्ने सुझाएकी छन् ।

आफ्नो सामाजिक संजालमा राप्रपाको बारेमा लेख्दै उनले बिशेष महाधिबेशन गर्नुपर्नेमा जोड दिएकी हुन । यस अगाडिको संसदीय निर्बाचनमा मोरंग -३ मा उमेद्वार समेत बनेकी थापाले राप्रपा भित्रको सुस्त संगठन र पार्टीमा आकर्षणको कमी भएको बेला विशेष अधिवेशन गर्न हिचकिचाउनु नहुने उल्लेख गरेकी छन।

यस्तो कदम पार्टी तथा विचारको हितमा हुने लोकप्रिय कलाकार तथा राप्रपा कार्यसम्पादन समिति सदस्यसमेत रहेकी थापाको धारणा छ ।

‘पार्टी प्रक्रियासम्मत ढंगबाट अघि बढ्न सकिराखेको छैन, गुट उपगुट मौलाएको छ । संगठन सुस्त छ, आकर्षणमा कमी छ, यस्तो बेलामा विशेष महाधिवेशन गरेर नयाँ उर्जाका साथ अघि बढ्न सके राष्ट्रवादी आन्दोलनले मूर्तरुप लिन्छ । पार्टी र विचारको हित हुन्छ,’ मंगलबार  थापाले भनेकी छन् ।  पार्टी जीवनमा यस्तो निर्णय लिन हिचकिचाउनु नहुने उनको भनाइ छ ।

११ असार २०८१, मंगलवार १२:३४ मा प्रकाशित
Nabintech