Play

विषाक्त मदिरा सेवनका कारण कुवेतमा नौ जना नेपालीको सहित २३ को मृत्यु

गुरुकुल खबर


पोखरा, खाडी मुलुक कुवेतमा विषाक्त मदिरा सेवनका कारण तीन दिनको अवधिमा नौजना नेपालीको सहित २३ जनाको मृत्यु भएको छ भने १ सय ५० भन्दा बढी बिरामी परेका छन । नेपाली दूतावास कुवेतका श्रम सहकारी गिरीप्रसाद आचार्यले दिएको जानकारी अनुसार ३० भन्दा बढी नेपाली कामदार बिरामी रहेको र उनीहरूको कुवेतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

‘हामी निरन्तर कुवेतका अधिकारीहरूसँग सम्पर्कमा छौँ । हामी थप विवरण लिने क्रममा अहिले छौँ’, उनले भने । सबै प्रक्रिया पूरा भएपछि मृतकहरूको शव नेपाल पठाउन दूतावासले आवश्यक सहजीकरण गर्ने आचार्यले जानकारी दिएका छन ।  कुवेतमा हाल १ लाख ३० हजार नेपाली कार्यरत रहेको बताइएको छ । यसबारेमा कुवेत सरकारले नेपाली दूतावासलाई प्रारम्भिक जानकारी उपलब्ध गराइसकेको श्रम सहकारी गिरीप्रसाद आचार्यलाई उधृत गर्दै रातोपाटीले उल्लेख गरेको छ ।

मृतकहरु मध्ये अरु पनि अधिकांश एसियाली नागरिक रहेको अरब टाइम्सले जनाएको छ ।  कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार बिरामी परेका मध्ये ३१ जना बिरामीलाई भेन्टिलेटरमा राखिएको छ भने ५१ जनाले आकस्मिक मिर्गौला डायलाइसिस गराएका छन्। २१ जनामा स्थायी अन्धोपन वा दृष्टिदोष देखिएको छ ।

मन्त्रालयले सबै केसहरूको २४ घण्टा निगरानी र आवश्यक उपचारको व्यवस्था सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ । कुवेतमा मदिरा प्रतिबन्ध रहेको छ । तर लुकीछिपी बेचबिखन हुने र सोही मदिरा किनेर सेवन गर्दा ठुलो सङ्ख्यामा नेपाली प्रभावित हुने गरेको छन ।

३१ श्रावण २०८२, शनिबार १६:१८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा