Play

एकीकृत समाजबादीको अध्यक्षमा नेपाल र खनाल भिड्ने, कास्कीबाट केन्द्रीय समितिमा कसको सम्भावना?

कास्कीबाट २१ जना महाधिबेशन प्रतिनिधि सर्बसम्मत


गुरुकुल खबर


पोखरा,  नेकपा एमालेबाट बिभाजन भएर बनेको नेकपा एकीकृत समाजबादी यतिबेला केन्द्रीय महाधिबेशनको तयारीमा छ। पार्टीको दशौँ महाधिबेशन भनिएपनि एकीकृत समाजबादी बनेपछि पहिलो पटक महाधिबेशन हुन लागेको हो।

यहि असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुने महाधिबेशनबाट अध्यक्ष बन्नको लागि बर्तमान अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनालले चाहना राखेको र चुनाबको लागि आबश्यक तयारी समेत शुरु गरेको बताइएको छ। पार्टीको अध्यक्षमा नेपाल नै निर्बाचित हुने सम्भावना रहेपनि खनाल समेत दौडधुपमा लागेको बताईन्छ। खनालको पक्षमा घनश्याम भुषाल समेतका केहि नेता रहेको बुझिएको छ। महाधिबेशनमा देशभर बाट १ हजार ८ सय भन्दा बढी प्रतिनिधि सहभागी बन्ने छन ।

एकीकृत समाजबादीको केन्द्रीय समितिको पदाधिकारी वा सदस्य सहित विभिन्न जिम्मेवारी लिनको लागि कास्कीका नेताहरु तुल बहादुर गुरुङ, शारदा प्रसाद सुबेदी, धनराज आचार्य, श्रीनाथ बराल, दिलु पन्त कृष्ण नेपाली लगायतले चाहना राखेको बुझिएको छ ।

केन्द्रीय सचिब बन्नकोलागि पूर्वमन्त्री समेत रहेका पार्टीको स्थायी कमिटी सदस्य एबम गण्डकी प्रदेश इन्चार्ज तुलबहादुर गुरुङले इछ्या राखेको भएपनि पछिल्लो समय शारीरिक रुपमा कमजोर जस्तै देखिएको कारण कास्की जिल्लाबाट केन्द्रीय पदाधिकारी बन्ने सम्भावना कम हुँदै गएको कार्यकर्ताहरु बताउछन। यसै गरि केन्द्रीय सचिब बन्नकोलागि पोलिटब्युरो सदस्य श्रीनाथ बराल पनि प्रयासरत छन । पोखरा महानगरको मेयर धनराज आचार्य समेत इछ्यूक रहेको भएपनि उनि पोलिट ब्युरो सदस्य नबनेको कारण पदाधिकारी बन्ने व्यवस्थाबाट बन्चित रहेको बुझिएको छ।

हाल कास्की जिल्लाबाट एकीकृत समाजबादीको केन्द्रीय कमिटीमा तुल वहादुर गुरुङ र शारदा प्रसाद सुवेदी स्थायी कमिटि सदस्य, श्रीनाथ वराल र दिलु पन्त पोलिटब्युरो सदस्य तथा धनराज आचार्य , कृष्ण बहादुर नेपाली, रत्ना गुरुङ र गज कुमारी गुरुङ केन्द्रीय सदस्यको जिम्मेवारीमा छन भने  केन्द्रिय निकायका विभिन्न पदमा विजय वावु वनवासी र मदन काजी श्रेष्ठ रहेका छन। उनीहरु मध्येबाट नै केन्द्रीय समितिमा प्रतिनिधित्व हुने सम्भावना छ कास्कीकी दिलु पन्त पार्टीको युवा फाँट इन्चार्जको जिम्मेवारीमा छन  उनि पनि महाधिबेशनबाट महत्वपुर्ण जिम्मेवारी लिने प्रयासमा छन ।

यस अगाडी पार्टीको केन्द्रीय समिति ४ सय जनाको रहेकोमा हालै सम्पन्न पार्टीको बिधान अधिबेशनले पार्टीको केन्द्रीय समिति १ सय ९९ जनाको मात्र बनाउने निर्णय गरेपछि यसअगाडी केन्द्रीय समितिमा रहेकाहरुलाई समेत केन्द्रीय समितिमा निर्बाचित हुन चुनौती थापिएको छ ।

कास्कीबाट महाधिबेशन प्रतिनिधि को को छानिए ?

पार्टीको महाधिबेशनका लागि असार ५ गते मुलुकका सबै जिल्लाबाट जस्तै कास्की जिल्लाबाट पनि महाधिबेशन प्रतिनिधिहरु चयन भैसकेका छन। १ सय २५ सदस्यबाट एक जना महाधिबेशन प्रतिनिधि हुने विधानको व्यवस्था बमोजिम कास्कीबाट महाधिबेशन प्रतिनिधिहरु चयन भएको छन ।

कास्की जिल्लामा तिनवटा संघिय निर्वाचन क्षेत्रवाट २० जना र मजदूर फाँटवाट १ जना गरि २१ जना प्रतिनिधि सर्वसम्मत रुपमा चयन भएका छन् । कास्कीको निर्वाचन क्षेत्र नं १ वाट खुल्लामा ६ जना, महिलामा २ जना उत्पिडित क्षेत्रवाट १ गरि ९ जना, क्षेत्र नं २ वाट खुल्लामा ४, महिलामा २ र उत्पिडित १ गरि ७ जना र ३ नंवर क्षेत्रवाट खुल्लामा ३ जना र महिला १ गरि ४ जना र मजदूर ईलाका वाट १ जना गरि २१ जना प्रतिनिधी चयन हुने व्यवस्था रहेको थियो।

जसअनुसार कास्की क्षेत्र नं १ वाट खुल्लामा पूर्ण लामा , डिवी राई, कपिल पौडेल,मधुसुदन देवकोटा, नारायण वजगाई र राजन पौडेल , महिलामा के पौडेल,दिललमाया गुरुङ र दलित तर्फ जित वहादुर सुनार प्रतिनिधि चयन भएका छन् ।

कास्की क्षेत्र नं २ वाट खुल्ला तर्फवाट खड्ग हमाल, मुक्ति पौडेल, झपिन्द्र राज रेग्मी र नवराज सुवेदी ,महिला तर्फ शर्मिला पौडेल, दान कुमारी वराल र दलित टंक बिश्वकर्मा प्रतिनिधमा चयन भएका छन् ।

त्यसैगरि निर्वाचन क्षेत्र नं ३ वाट खुल्लामा प्रेम प्रसाद पौडेल, नवराज पाहारी, ई. दिपेन्द्र वास्तोला र महिलामा गरिमा पोखरेल चयन भएका छन् । मजदूर ईलाकावाट हरिराम धिताल निर्वाचित भएको जिल्ला अध्यक्ष खड्ग हमालले वताए ।

तीनवटा क्षेत्रबाट ५० जना भन्दा बढीले महाधिबेशन प्रतिनिधि बन्ने चाहना गरेको भए पनि २१ जनाको छनोट सर्बसम्मत रुपमा गरिएको थियो । यसको लागि नेकपा एकिकृत समाजवादी गण्डकीका ईञ्चार्ज तुल वहादुर गुरुङ, पोलिटव्यूरो सदस्य एवं गण्डकीका अध्यक्ष श्रीनाथ वराल, केन्द्रिय सदस्य तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, अर्का केन्द्रिय सदस्य कृष्ण नेपालीले सहजीकरण गरेका थिए।

केन्द्रिय कमिटी र केन्द्रिय निकायका सदस्यहरु आयोजकका हिसावले महाधिबेशनका स्वतः प्रतिनिधि हुने भएकाले कास्कीवाट स्थायी कमिटी सदस्य हरु तुल वहादुर गुरुङ र शारदा प्रसाद सुवेदी, पोलिट व्यूरो सदस्य श्रीनाथ वराल, केन्दिय सदस्यहरु धनराज आचार्य ,किष्ण नेपाली, रत्ना गुरुङ र गज कुमारी गुरुङ तथा केन्द्रिय निकायका विजय वावु वनवासी र मदन काजी श्रेष्ठ गरि ९ जना गरि कास्कीवाट ३० जनाको महाधिवेसनमा प्रतिनिधित्व हुने भएको छ।

निर्वाचित प्रतिनिधिहरुलाई नेकपा एकिकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश ईञ्चार्ज तुल वहादुर गुरुङ र गण्डकी प्रदेश अध्यक्ष श्रीनाथ वरालले प्रमाण पत्र वितरण गरेका थिए । निर्वाचन समितिका संयोजक विजयवावु वनवासीको अध्यक्षतामा भएको कार्यक्रममा स्थायी कमिटी सदस्य तुल वहादुर गुरुङ र गण्डकी अध्यक्ष श्रीनाथ वरालले मन्तव्य ब्यक्त गरेका थिए ।

८ असार २०८१, शनिबार २१:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा