Play

जयनेपाल फाउन्डेसन मेरिल्याण्डमा मनोनयन, बिपी कोइरालाको अदालती बयान सम्बन्धि पुस्तक बिमोचन गरिने

गुरुकुल खबर


बाल्टिमोर (अमेरिका), जयनेपाल इन्टरनेसनल फाउन्डेसन अमेरिका अन्तर्गतको मेरिल्याण्ड च्याप्टरले आगामी जुन महिनामा एक बिशेष कार्यक्रम गर्नेभएको छ । जननायक बिपी कोइरालाले तत्कालिन अबस्थामा अदालतमा दिएको बयानलाइ आधार बनाएर लेखिएको पुस्तक  ” बिपी कोइराला’ज स्टेटमेन्ट ईन कौर्ट “ समेत त्यहि अबसरमा बिमोचन गरिने भएकोछ  ।

सुभाष घिमिरेले अनुबाद गरेको उक्त पुस्तकको बिमोचन कार्यक्रम  जयनेपाल इन्टरनेसनल फाउन्डेसनका संस्थापक अध्यक्ष डा. यादव पण्डितको प्रमुख आतिथ्यतामा हुने कार्यक्रम रहेको छ ।

जयनेपाल इन्टरनेसनल फाउन्डेसनको मेरील्याण्ड च्याप्टरका अध्यक्ष केशव शर्मा पौडेलको अध्यक्षतामा गत आइतबार बसेको बैठकले फाउन्डेसनको गतिबिधिलाई आमनागरिक समक्ष पुर्याउन पुस्तक बिमोचनसंगै छलफल कार्यक्रम गर्ने निर्णय गरेको हो  । उक्त कार्यक्रम आगामी जुन महिनाको ३० तारिखमा मेरिल्याण्डको बाल्टिमोर स्थित फेमिली किचेनको सभाहलमा गरिने भएको छ  ।

बैठकले च्याप्टरको रिक्त उपाध्यक्षमा होम बहादुर खत्री ‘राजु’  लाई मनोनित गरेको छ भने समितिको सल्लाहकारमा आनन्दकृष्ण घिमिरेलाई मनोनित गरेको छ  । बैठकमा बिशेष अतिथिको रुपमा बिष्णु बराल सहभागी थिए  ।

बैठकले फाउन्डेसनको नेपाल स्थित सम्पर्क कार्यालयको लागि एक महिनाको भाडा मेरील्याण्ड च्याप्टरले सहयोग गर्ने निर्णय गरेको जानकारी अध्यक्ष केशव शर्माले गुरुकुल खबरलाई जानकारी दिए ।

जयनेपाल इन्टरनेसनल फाउन्डेसनको मेरील्याण्ड च्याप्टरमा सचिब अतिश मण्डल एबम सदस्यहरुमा झबिन्द्र बेलबासे, भिषण पण्डित,  बिष्णु बिष्ट, अतुल ढकाल, प्रकाश पौडेल रहेका छन भने योगेन्द्र बहादुर खत्री आमन्त्रित सदस्यको रुपमा रहेका छन ।

१६ जेष्ठ २०८१, बुधबार २१:४८ मा प्रकाशित
Nabintech