Play

समाचार रोक्न नसक्दा राज्य शक्तिको दुरुपयोग, सिरोहिया पक्राउको बिरोधमा सत्तापक्ष सहित बिभिन्न क्षेत्र

गुरुकुल खबर


काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले उनको कार्यकक्षबाट पक्राउ गरेको छ । दोहोरो नागरिकता प्रकरणमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यसअघि सिरोहियाका दुईवटा नागरिकता रहेको भन्दै गृह मन्त्रालयले अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिए लगत्तै धनुषा प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।

नेपाल सरकारका उपप्रधानमन्त्री एबम गृहमन्त्री रबि लामिछानेले कान्तिपुर पब्लिकेसनले सहकारी ठगि सम्बन्धि समाचार निरन्तर प्रकाशन गर्दै आएको थियो सहकारी ठगि धन्दामा गृहमन्त्री लामिछाने सहित अन्यको संलगनता रहेको र अरबौं रुपैया लामिछाने सहित अन्यले अपचलन गरेको विभिन्न छानबिन समितिको प्रतिबेदनमा उल्लेख छ लामिछाने सहित उनको समुहले पोखरा काठमान्डू बुटवल चितवन लगायतका स्थानमा रहेका सहकारीको रकम ठगि गरेको आरोप छ

लामिछाने सहितको समुहका ठगि सम्बन्धि समाचार निरन्तर प्रकाशन भैरहेपछी सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएको बताइएको छ । सो जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो । सोहि बहानामा देखाएर उनलाई पक्राउ गरिएको भएपनि गृहमन्त्री लामिछानेले आफ्नो प्रतिशोध साध्ने उद्धेश्यले पक्राउ गर्न लगाएको बताईन्छ

नागरिकताको कारण हैन समाचारको कारण मलाई पक्राउ गरियो – सिरोहिया 

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया स्वयमले नै गृहमन्त्री रवि लामिछानेले आफूलाई नागरिकताको विषयमा नभएर सहकारीको बचत अपचलन प्रकरणमा लेखिएको समाचारको बदला लिइएको बताएका छन्  कार्यकक्षबाट पक्राउ गरिएपछि सिरोहियाले गृहमन्त्री लामिछानेको दुईवटा पासपोर्ट रहेको बताएका हुन् । उनले गृहमन्त्री लामिछानेमा नवअधिनायकवाद देखिएको टिप्पणी गरे ।

उनले भने, “गृहमन्त्रीसँग त दुईवटा पासपोर्ट र नागरिकता छ । अब उनि बिरुद्ध जाहेरी पर्छ हेरौं भोलि तिनै गृहमन्त्री बिरुद्ध पक्राउ पुर्जी जारी हुन्छ कि हुँदैन ?  सिरोहियाले आफुले अनुसन्धानमा सहयोग गर्ने बताएको तर कार्यकक्षबाटै  गिरफ्तार गरिएको भन्दै अब आफु अन्तिम सम्म लड्ने उद्घोष गरेका छन ।

मिडिया र राज्यबीच द्वन्द बढाउन सिरोहिया पक्राउ –  एकीकृत समाजबादी

यसैबीच सरकारको गृहमन्त्रीकै निर्देशनमा सिरोहिया पक्राउ परेको भएपनि सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) पार्टीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गर्नु निन्दनीय भएको जनाएको छ ।

पार्टीका महासचिव घनश्याम भुसालले मंगलबार एक विज्ञप्ति जारी गर्दै मिडियालाई दबाबमा राख्ने प्रयास भएको भन्दै यस्तो बताएका हुन् । मिडिया र राज्यबीच द्वन्द्व सिर्जना गर्न खोजिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

“प्रतिष्ठित सञ्चार गृह कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरिएको घटनाले प्रेस र राज्यका बीच द्वन्द्व सिर्जना गर्न खोजिएको देखिन्छ । मिडियालाई दबाबमा राख्ने कुनै पनि प्रयास निन्दनीय छ । यो कार्य कान्तिपुरको निडर पत्रकारिताविरुद्ध गरिएको षड्यन्त्र होइन भन्ने कुरा सरकारले तुरुन्त पुष्टि गर्नुपर्छ,” भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राज्यले संयमता गुमायो – प्रदिप ज्ञवाली, एमाले उपमहसचिब 

नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरी राज्यलेले संयमता गुमाएको बताएका छन् । उनले कुनै अभियोगमा व्यक्तिलाई पक्राउ गर्नुअघि पर्याप्त अनुसन्धान गर्नुपर्ने अभ्यास भएको उल्लेख गर्दै पक्राउ गर्नु पर्ने हो कि होइन ख्याल गर्नुपर्ने बताए ।

दोहोरो पासपोर्ट लिने र सहकारी ठग्नेले गरेको पक्राउ स्वीकार्य छैन – कांग्रेस नेता कोइराला  

नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले सिरोहिया पक्राउ घटनाको बिरोध गरेका छन् उनले भनेका छन । ‘आफू दोहारो पासपोर्ट लिँदै हिँड्ने र सहकारी ठगीको आरोप विरुद्ध छानबिन हुन नदिने तर तिन दशकदेखि सूचना प्रवाह र लोकतन्त्रको पहरेदार भई उभिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन,’ कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रहरीले सही र गलत छुट्टाउनेमा विश्वस्त छु ।

सत्ता र शक्तिको उन्मादमा आफुले गरेको अपराध रोक्ने लामिछानेको दुष्प्रयास –  कांग्रेस नेता गगन थापा 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कैलाश सिराेहियाकाे पक्राउ कानून विपरितकाे काम भनिएपनि आफूमाथिकाे प्रश्न राेक्ने प्रयास भनेका छन् । गृहमन्त्री रवि लामिछानेकाे सहकारी ठगि प्रकरणमा एकपछि अर्काे प्रमाण सार्वजनिक गरिरहेकाे कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष क‌ैैलाश सिराेहियालाई आज पक्राउ गरिएकाे छ । उनीमाथि नागरिकताकाे विषयमा पक्राउ पुर्जी जारी भएकाे थियाे ।

कांग्रेस महामन्त्री थापाले कानुनमाथि काेही छैन भन्दै गल्ती गरे सिराेहिया सजायकाे भाागिदार हुनुपर्ने बताएका छन् । `प्रष्ट छु, कानूनभन्दा माथि कोही छैन र हुदैन । गल्ति गरेको छ भने जुनसुकै तहको जो सुकै होस्, जतिसुकै शक्तिशाली होस् सजायको भागिदार हुनुपर्छ,´ थापाले भनेका छन्, `म यसमा पनि प्रष्ट छु, आज कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कानून विपरितको काम गरेको भनेर पक्राउ गरेको भनिए पनि यो वदनियतपूर्ण ढङ्गले प्रतिशोध पुरा गर्न गरिएको बहाना मात्र हो । मुख्य कुरा, यो राज्य सत्ताको पहुँचको दुरुपयोग गर्दै आफूमाथि प्रश्न गर्नेहरूलाई रोक्न, विषयान्तर गर्न र आफ्नो अपराध ढाकछोप गर्न गरेको दुस्प्रयास हो। आफुमाथिका प्रश्न रोक्न यस्ता असफल प्रयास हिजो निरङ्कुशकालमा र सत्ता शक्तिको उन्मादमा धेरै पटक भएका हुन – हेक्का रहोस्।´

गृहमन्त्री लामिछानेको संचारजगतमाथि प्रतिशोध लिन उनकै निर्देशनमा पक्राउ गरियो –  पत्रकार महासंघ 

कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष कैलाल सिरोहिया पक्राउ परेपछि नेपाल पत्रकार महासंघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आफूमाथि लागेको आरोपको सन्दर्भमा छानबीनलाई सघाउने प्रतिबद्धता जनाउँदा जनाउँदै कार्यकक्षबाटै पक्राउ गरिएको घटनाप्रति महासंघले गम्भीरतापूर्वक लिएको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका विभिन्न आरोप सन्दर्भमा निरन्तर समाचार प्रकाशित गर्दै आएको कान्तिपुर दैनिक, त्यसको सम्पादकीय नेतृत्व तथा समग्र सञ्चार क्षेत्रलाई लाञ्छित गर्नेगरी उपप्रधान तथा गृहमन्त्री लामिछानेले दिएका अभिव्यत्तिले अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको पुष्टि गरेको महासंघको ठहर छ ।

कानुन अनुसार हुने अनुसन्धानमा जहिले पनि साथमा रहने तथा अभिव्यत्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्यशक्तिको दुरुपयोग पत्रकार महासंघले नस्वीकार्ने विज्ञप्तिमा उल्लेख छ । प्रेस तथा अभिव्यत्ति स्वतन्त्रताको सम्मान गरी नेपालको संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको प्रत्याभुतिलाई पालना गर्न महासंघले सरकारसँग जोडदार माग गरेको छ ।

शाही सत्ताले समेत गर्न नसकेको बर्बरतापूर्ण ब्यबहार  – मधेश पत्रकार महासंघ 

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं, थापाथलीस्थित कान्तिपुर पब्लिकेशन्स् लिमिटेडको कार्यालयबाटै मंगलबार साँझ बर्दीधारी प्रहरीले पक्राउ गरेको घटनाप्रति मधेस पत्रकार महासंघले घोर निन्दा प्रकट गरेको छ ।

गृहमन्त्री रवि लामिछानेका सहकारी ठगी, दोहोरो राहदानीलगायतका विषयमा निरन्तर समाचार प्रवाह गरिरहेको र उनीउपर कानुनी सजायका निम्ति खबरदारी गरिरहेको कान्तिपुरमाथि राज्यले प्रतिशोध साँध्दै उक्त सञ्चारगृहका प्रमुख व्यक्तिलाई पक्राउ गरी सिंगो सञ्चार क्षेत्रलाई आतंकित पार्ने सरकारको प्रयत्न प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका प्रतिकुल रहेको मधेस पत्रकार महांघले जनाएको छ।

यसले सञ्चारक्षेत्रमाथि विगतमा पञ्चायत तथा शाही सत्ताले समेत हिम्मत गर्न नसकेको बर्बरतापूर्ण व्यवहार प्रदर्शन गरेको महासंघको ठहर छ ।

स्वतन्त्र प्रेसको घांटी निमोठ्ने दाहाल नेतृत्वको सरकारको हर्कत – नेपाल प्रेस युनियन प्रतिष्ठान समिति 

धानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार स्वतन्त्र प्रेसको घाँटी निमोठ्ने कार्यमा उद्दत देखिएको नेपाल प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेश समिति अध्यक्ष लिलाराज खनालले जनाएका छन् । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेपछि विज्ञप्ति जारी गर्दै अध्यक्ष खनालले सरकार स्वतन्त्र प्रेस विरोधी हर्कतमा लागेको उल्लेख गरेका छन् ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई मंगलबार कान्तिपुर दैनिकको कार्यालयबाट प्रहरीले पक्राउ गरेको हो । ‘सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जेठ ६ गते प्रतिनिधिसभामा उभिएर आमसंचार माध्यमविरुद्ध अपमानजनक ढंगले स्वतन्त्र प्रेसमाथि धावा वोल्ने धृष्टता गरेका थिए । स्वतन्त्र प्रेसमाथि राज्य दमनमा उत्रने संकेत गृहमन्त्रीले संसद्बाटै दिएका थिए,’ अध्यक्ष खनालले लेखेका छन, ‘आफैं फर्जी नागरिकता लिएकोमा दोषी ठहर भएका गृहमन्त्री लामिछानेले विभिन्न ४ वटा सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा देशव्यापी विरोध भइरहेको छ । दुई, दुई वटा राहदानी प्रयोग गरी कानको धज्जी उडाइरहेका गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको विभिन्न प्रमाण र सूचनाहरु कान्तिपुर दैनिक र उसका अन्य प्रकाशनहरुले नियमित रुपमा प्रकाशन र प्रसारण गरिरहेका थिए । आफूबिरुद्ध समाचार लेखेको भन्दै गृहमन्त्री लामिछानेले प्रतिशोध साँध्नकै लागि आफूलाई गिरफ्तार गरेको सिरोहियाले जनाएका छन् ।’

८ जेष्ठ २०८१, मंगलवार २२:३१ मा प्रकाशित
Nabintech