Play

फिस्टेल एसइई कप जारी, क्वार्टर फाइनलका खेल सम्पन्न

गुरुकुल खबर


पोखरा,  पोखरा महानगरपालिका – १७ तल्लो  बिरौटामा रहेको फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’का क्वाटरफाइनलका खेलहरू मङ्गलवार सम्पन्न भएका छन् । मङ्गलवार भएको पहिलो खेलमा कालिका माविले ढुङ्गेसाँघुलाई ३–० गोल अन्तरले पराजित गरी सेमिफाइनलमाप्रवेश गरेको छ ।

दोस्रो खेलमा शान्ति निकुञ्जले न्यु लेखनाथलाई १–० को सेटमा पराजित गरेको थियो भने भद्रकाली माविले पेनाल्टी सुट आउटमा लिटिल फ्लावरलाई पाखा लगायो । अन्तिम खेलमा मदरल्यान्ड माविले रेन्बोलाई ३–० को सेट लेपराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्य्पो ।
छात्रातर्फको  बास्केटबलका लिग चरणका खेलहरू पनि मङ्गलवार नै सम्पन्न भए । जम्मा ६ समूह सहभागी भएको बास्केटबलमा फिस्टेल एकेडेमी, बालकल्याण मावि, कुमुदिनीहोम्स र हिल प्वाइन्ट मावि सेमिफाइनलमा प्रवेश गरे ।
सेभेन ए साइड छात्र फुटबल छात्रा बास्केटबलका सेमिफाइनल र फाइनलका खेलहरू बुधवार हुनेछन् ।

बुधवार नै ‘फिस्टेल एसइई कप २०८१’ को समापन समेत हुने छ । फुटबलतर्फ विजेता र उपविजेताले क्रमशः १५ हजार र १० हजार तथा  बास्केटबल तर्फ क्रमश १० हजार र ५ हजार रुपैयाको नगद पुरस्कारका साथ मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन।

८ जेष्ठ २०८१, मंगलवार २१:२७ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा