Play

रबि लामिछाने बिरुद्द हिमालयन बैंकको पनि साठी लाखको मुद्दा, एकपछि अर्को संकट

गुरुकुल खबर


काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र निरन्तर असन्तुष्टि बढ्दो देखिन थालेपछि ओरालो यात्रामा देखिन थालेको छ।   रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सहकारी  ठगी प्रकरणले तनाव थपेका बेलामा हिमालयन बैंकले अर्को मुद्दा हालेको छ ।

ग्यालेक्सी टिभीमा “को बन्छ करोडपति” कार्यक्रम प्रयोजन बापतको रकममध्ये ५० प्रतिशत अघि नै लिएर कार्यक्रम नबनाएको भन्दै बैंकले काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेको छ ।

ग्यालेक्सी टिभीमा उक्त कार्यक्रम  बनाउने सम्झौता भएको बेलामा रवि लामिछाने सेयर सदस्यको रुपमा थिए भने सम्झौतामा ‘डिल’ गर्ने कर्मचारी विपिन आचार्य थिए । आचार्य अहिले रास्वपाको सहमहामन्त्री रहेका छन् । बैंकले करिब ६२ लाख रुपैयाँ ठगी भएको दाबी गरेको छ । यो तनाव बाहिर आउनुभन्दा ठिक अघि रास्वपाका सीईओ हेमन्त बरालले पनि राजीनामा दिएका थिए ।

चितवन निर्वाचन क्षेत्र नम्बर २ स्थित रास्वपाको सम्पर्क कार्यालयमा कार्यरत बरालले २०८१ बैशाखमै राजीनामा दिएका थिए । तर, यो विषय पनि अलिक ढिला गरी सार्वजनिक भएको छ । महिनाको करिब डेढ लाख रुपैयाँ तलब पाउने गरी बराल नियुक्त भएका थिए ।

फिलिपिन्सबाट नेपाल आएर रास्वपाको सीईओ भएका बरालको राजीनामाले अन्य आशंका पैदा गरेकाे छ । त्यसो त, उनले तलब नपाएर जागिर छोडेको समाचार पनि सार्वजनिक भएका छन् ।

हज्जारौं नेपालीलाई विदेशबाट फर्काएर रोजगारी दिलाउने, ब्लु बस, ब्लु एम्बुलेन्स र स्वास्थ्य चौकी चलाउने, अरु दलको भन्दा फरक कार्यालय सन्चालनको नमुना देखाउने भन्दै दर्खास्त आह्वान गरेर बराललाई नियुक्ति दिइएको थियो ।

रवि लामिछानेको निर्वाचन क्षेत्रमा  चलेका एम्बुलेन्स र स्वास्थ्यसम्बन्धी कार्यक्रमहरु बन्द भएका छन् । महिलाहरुका लागि चलेको ब्लु बस पनि बन्द हुने अवस्थामा पुगेको छ । रवि लामिछानेको केन्द्रदेखि निर्वाचन क्षेत्रसम्म पनि समस्या देखिन थालेपछि उनको पार्टी रास्वपाभित्र भद्रगोल हुन थालेको संकेत गरेको छ ।

२ जेष्ठ २०८१, बुधबार १६:५९ मा प्रकाशित
Nabintech