Play

मादीका पूर्व जनप्रतिनिधि एबम नेपाली कास्की कांग्रेसका जिल्ला सदस्य धनमायाका बाजे लालबहादुरको निधन

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेस कास्की जिल्ला कार्यसमितिका सदस्य धनमाया गुरुंगका ससुरा बुवा लाल बहादुर गुरुंगको हालै निधन भएको छ। बिगत केहि वर्षदेखि उच्च रक्तचाप र अर्धपक्षाघात सहित अन्य समस्याबाट उनि पिडित थिए । गुरुंगलाई पछिल्लो पटक गत चैत्र ७ गते अस्पताल भर्ना गरिएको थियो । पोखराको रानीपौवा स्थित मेडीप्लस अस्पतालको सघन उपचार कक्षमा अचेत अबस्थामा उपचार हुँदै गरेको बैशाख ३ गते निधन भएको थियो।

२००१ सालमा जन्मिएका पूर्व भारतीय गोर्खा सैनिक लाल बहादुर गुरुङले भारतीय सेनामा १५ वर्ष बिताएर पेन्सनमा नेपाल आएपछि सामाजिक र राजनीतिक काममा सक्रिय भएका थिए । उनि २०४९ सालको स्थानीय तहको निर्बाचनमा सोहि वडाको वडा सदस्य पदमा नेकपा एमालेबाट निर्बाचित भएका थिए ।

स्व गुरुंगकी  एक श्रीमती, ५ छोरा, ५ बुहारी, ७ नाति र ४ नातिनि रहेका छन् । जसअनुसार जेठा छोरा गुमान सिंहगुरुङ र बुहारी धनमाया गुरुङ महिला छोरा अमरसिंह  गुरुङ र बुहारी टीका गुरुङ  साहिंला छोरा फत्ते बहादुर गुरुङ र बुहारी चोखो माया गुरुङ काहिंला छोरा नन्द गुरुङ र बुहारी कन्यामाया गुरुङ तथा कान्छा छोरा केश बहादुर गुरुङ र बुहारी रेश्मा गुरुङ हुन।

जेठी बुहारी धनमाया गुरुङ नेपाली काँग्रेस कास्की जिल्ला कार्यसमितिको सदस्य एबम अमरसिंह माबि पोखराको बिद्यालय ब्यबस्थापन समितिको सदस्य समेत हुन ।

स्व गुरुङ प्रति श्रद्धान्जली ब्यक्त गर्न र परिवारजनमा समबेदना ब्यक्त गर्न गण्डकी प्रदेशका मुख्य मन्त्री खगराज अधिकारी, पूर्व मन्त्री यज्ञबहादुर थापा, संस्कृतीविद डा जगमान गुरुङ, नेपाली काँग्रेस र नेकपा एमाले लगाएत बिभिन्न राजनीतिक दलका नेताहरु, मादी गाउँपालिकाका अध्यक्ष देविजंग गुरुङ सहित बिभिन्न तहका जनप्रतिनिधिहरु. अमरसिंह माबि सहित विभिन्न संस्थाका प्रतिनिधि समेतको उल्लेख्य सहभागिता रहेको थियो ।

१८ बैशाख २०८१, मंगलवार २२:५८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा