Play

नेपाली कांग्रेस पोखरा -८ का पूर्व सभापति टेकन गिरि-सरल अनि पार्टीप्रति सदैब चिन्तित व्यक्तित्व

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा न ८ का पूर्व सभापति टेकन गिरि (सानो) को निधन भएको १३ औं दिनको पुण्य तिथिमा शनिबार श्रद्दान्जली कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा बोल्ने बक्ताहरुले स्व. गिरि सरल अनि कांग्रेसको संगठन प्रति सदैब चिन्तित रहने गरेको सुनाए।

चाहे कांग्रेसले आव्हान गर्ने आन्दोलनका कार्यक्रम हुन्, चाहे पार्टी संगठनका काम हुन्,अथवा बिभिन्न चुनाबी कार्यक्रम हुन, सबै काममा गिरि सक्रियता पुर्बक खटिने गर्थे। सरल अनि मिजासिलो स्वभावका गिरिले पार्टीलाई बलिया बनाउन कसरी सकिन्छ भनेर सदैब चिन्तित रहने स्वभाब गिरिमा थियो ।

स्व. टेकन गिरि राजनीति संगै शैक्षिक र सामाजिक क्षेत्रमा पनि कियाशील थिए स्थानीय श्रीराम निमाबि र जनप्रिय बहुमुखी क्याम्पस निर्माणमा समेत गिरीको योगदान रहेको थियो ।

गिरीका दुई छोराहरु मध्ये जेठो छोरा डा. रामकृष्ण गिरि स्वास्थ क्षेत्रमा क्रियाशील छन् भने कान्छो छोरा प्रदिप त्रिभुवन विश्वबिद्यालयमा प्राध्यापनरत छन।

कार्यक्रममा गिरिको परिवारकी सदस्य एबम नेपाली कांग्रेसकी नेत्री शारदा गिरीले स्व. गिरि पार्टी प्रति सदैब चिन्तित रहने गरेको र परिवारको सदस्य हरुपनि कांग्रेसको संगठनमा रहेकोले पार्टीको तर्फबाट पनि ख्याल गर्न आग्रह गरिन। “बुवा निरन्तर पार्टीमा रहनुभयो. संगठनको लागि सदैब चिन्तित हुनुभयो तसर्थ अब पार्टीले परिवारको लागि पनि ख्याल गरोस नत्र संगठन कम्जोर हुनसक्छ” नेत्री शारदा गिरीको भनाई थियो।

नेपाली कांग्रेस वडा न ८ का पूर्व सभापति सुभाष सिग्देलको अध्यक्षतामा सम्पन्न श्रद्दान्जली सभामा गिरि परिवारका नन्दराम गिरि, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बराल, कांग्रेसका नेताहरु बीरेन्द्रनारायण बिजुक्षे, शोभियत बहादुर अधिकारी, कास्की काँग्रेसका सभापति किशोर बराल,  गण्डकी प्रदेशका सांसद बिन्दुकुमार थापा, दामोदर चालिसे  र रामेश्वर अधिकारी लगायतले आआफ्नो भनाई राखेका थिए ।

९ बैशाख २०८१, आईतवार ११:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा