Play

कास्कीका कांग्रेस नेता देबदत्त कोइरालाको निधन

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसका नेता एबम प्रजातन्त्रका सेनानी देबदत्त कोइतालाको ७७ बर्षको उमेरमा शुक्रबार बिहान आफ्नै निवास पोखरा -५ प्रस्यांगमा निधन भएको छ। २००४ साल मङ्सिरमा जन्मिएका कोइराला बिगत केहि समयदेखि क्यान्सर रोगबाट पिडित थिए । उनको मनमोहन शिक्षण अस्पताल काठमाडौँ, भक्तपुर क्यान्सर अस्पताल,  ग्रांडी अस्पताल र पछिल्लो समय पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गरिएको थियो। अस्पतालबाट आफ्नो प्रस्यांग स्थित घरमा ल्याएको केहि दिनमा नै कोइरालाको निधन भएको हो । कोइरालाको पार्थीव शरीरमा नेपाली काँग्रेसका पूर्व महामन्त्री एबम पूर्व सभामुख तारानाथ रानाभाटले पार्टीको चारतारे झन्डा ओढाएका थिए । कोइरालाको अन्त्येष्टि शुक्रबार नै पोखराको रामघाटमा गरिएको थियो ।

स्वर्गीय कोइरालाका १ छोरा आनन्द कोइराला र ५ छोरी बिजया अधिकारी, जया दाहाल, ज्योती पोखरेल, रेखा अधिकारी र दिव्या कोइराला रहेका छन।

कोइराला सानो उमेर अर्थात बिद्यार्थीकाल देखि नै प्रजातन्त्र र नेपाली काँग्रेसको राजनीतिमा निरन्तर क्रियाशील थिए। बिक्रम सम्बत २०१९ मा प्रजातान्त्रिक बिद्यार्थी संघको बाराही माबिको सभापति बनेर उनि राजनीतिमा प्रवेश गरेका थिए । २०३३ सालमा नेपाली काँग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा गरेको आन्दोलनमा कोइराला पक्राउ परि जेल समेत बसेका थिए । २०३६ सालबाट नेपाली काँग्रेसको क्रियाशील सदस्य रहेर पार्टीमा निरन्तर सक्रिय रहेका कोइराला २०४६ सालको जनआन्दोलनमा पनि जेल परेका थिए। यसका साथै २०५३ मा नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा न ५ को सभापति रहेर काम गरेका कोइराला शैलजा आचार्य स्मृती प्रतिष्ठान कास्कीको अध्यक्ष, कांग्रेस कास्की क्षेत्र न ३ को सल्लाहकार र पछिल्लो समय प्रजातन्त्र सेनानी संघ कास्कीको सचिब सहित विभिन्न जिम्मेवारीमा रहेका थिए ।

राजनीति संगै उनि सामाजिक र शैक्षिक र धार्मीक क्षेत्रमा समेत क्रियाशील थिए। कोइराला समाज कास्कीको अध्यक्ष, बाराही माध्यामिक बिद्यालयको संचालक समितिको अध्यक्ष सहित अन्य विभिन्न सामाजिक शैक्षिक तथा धार्मिक संघसंस्थामा कोइरालाको संलग्नता थियो ।

७ बैशाख २०८१, शुक्रबार १३:२४ मा प्रकाशित
Nabintech