Play

नेपाली काँग्रेस पोखरा-८ का सभापति बराललाई मातृशोक, तीर्थाटनको क्रममा ८१ बर्षीय शान्तिको चितवनमा निधन

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा न ८ का सभापति रमेश बराललाई मातृशोक परेको छ। बरालकी आमा शान्ति बरालको ८१ बर्षको उमेरमा आइतबार बिहान चितवनको भरतपुर अस्पतालमा निधन भएको हो । पोखरा महानगरपालिकाको वडा न ८ सृजनाचोक निवासी ८१ बर्षीय बराल शनिबार वडाका अन्य ज्येष्ठ नागरिकहरुसहित देबघाट र मौलाकालिकाको दर्शन गर्न गएको समयमा अचानक बिरामी परेको र उपचारको लागि चितवनस्थित भरतपुर अस्पताल लगिएकोमा त्यहाँ नै उनको निधन भएको थियो ।

महानगरको वडा न ८ कार्यालयले ज्येष्ठ नगरिकहरुलाई धर्मिक तीर्थयात्रा भ्रमण गराउने कार्यक्रम अन्तर्गत पोखराको वडा न ८ बाट दुईवटा बसमा ज्येष्ठ नागरिकहरु देबघाट र मौलाकालिका दर्शनका लागि शनिबार बिहानै त्यसतर्फ गएका थिए।

ज्यष्ठ नागरिकहरुको टोलि देबघाटको दर्शन गरेर मौलाकालिका मन्दिरको दर्शन गर्न गएको र केबलकार चढेर मन्दिर पुग्ने समयमा शान्ति बराललाई अचानक अश्वस्थ महशुस भएपछी मन्दिरको दर्शन नगराई अस्पताल लागिएको बुझिएको छ । स्वास्थ अवस्था गम्भीर बन्दै गएपछि छोरा रमेश बराल समेत पोखराबाट शनिबार नै चितवनस्थित भरतपुर अस्पताल पुगेका थिए।

आइतबार बिहान अस्पतालमा उपचारकै क्रममा वहांको निधन भएको डाक्टरले बताएपछि पोखराबाट परिवारजन र आफन्तहरु त्यसतर्फ गएका छन। वडा न ८ का नेपाली कांग्रेसका नेता तथा बरालका छिमेकी बीरेन्द्र नारायण बिजुक्छेले गुरुकुल खबरलाई दिएको जानकारी अनुसार वहाँको निधन भएको जानकारी पाएसंगै वडा न ८ का वडाध्यक्ष रुद्रनाथ बराल सहित छिमेकीहरु र आफन्त गरि २ वटा बस र अन्य निजि गाडीमा चितवन जाँदै गरेको छन।  वहांको अन्त्येष्टि देबघाटमा गरिने जानकारी समेत बिजुक्छेले दिए ।

“आमा अत्यन्त धार्मिक स्वभाबको हुनुहुन्थ्यो र पहिले देखि नै आफ्नो निधन भएपश्चात देबघाटमा लगेर मृत्युसंस्कार गरिदिनु है भन्ने गर्नुहुन्थ्यो रे, अहिले वहाँ देबघाट दर्शन गर्नगएकै समयमा वहांको दुखद निधन भएको खबर आयो ।” बिजुक्छेले भने।

केबलकारबाट मौलाकालिका मन्दिर परिसर पुगेर स्वास्थमा असहज महशुस गर्ने समयमा पनि “मलाई देबघाटबाट किन यहाँ लिएर आएको ?” भनि प्रश्न गरेको प्रत्यक्षदर्शीलाइ उद्दृत गर्दै वडा न ८ कार्यालयकी कर्मचारी सुशिला पौडेलले अन्य प्रत्यक्षदर्शीको भनाई उल्लेख गर्दै बताईन।

स्वर्गीय बरालका एक छोरा रमेश बराल र एक छोरी सिता बराल छन । छोरा रमेश नेपाली काँग्रेसको राजनीतिसंगै सामाजिक र ब्यबसायिक गतिविधिमा पनि सक्रिय छन भने छोरी सिता बुटवलमा परिवारसंगै रहेको बताइएको छ ।

२ बैशाख २०८१, आईतवार ११:५३ मा प्रकाशित
Nabintech