Play

कविता : प्रेम गंगा

गुरुकुल खबर


पुर्णिमा प्रतिबिम्ब 

 

कविता: प्रेम गंगा

वर्तमान हामी बगे पनि
जमे पनि बाफिए पनि
वर्षिए पनि हाम्रो अस्तित्व एउटै हो
तिमी पनि पानी, म पनि पानी
बाफ बनेर उड्दै गर्दा आकाशमा
कहिलेकाहिँ सुटुक्क भेटौंला
वर्सौला धर्तिमा सँग–सँगै
सिँचित गरेर मायाका बस्तीहरुलाई
चुमेर सुख्खा बगरहरुलाई
अनि बगौंला आफ्नो–आफ्नै दिशा तर्फ
ठीकै छ, तिमी मेची बनेर बग्नु
म महाकाली बनेर बगौंला
घुम्दै–फिर्दै भविष्यमा
जसरी सुरु भएथ्यो, हाम्रो मायाको मुल
त्यसैगरी दुवै मिलेर
बनाउँला एउटा – प्रेम-गंगा
तिमी पनि पानी, म पनि पानी

(कविता दिवसको हार्दिक शुभकामना)

८ चैत्र २०८०, बिहीबार ११:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा