Play

कविता : प्रेम गंगा

गुरुकुल खबर


पुर्णिमा प्रतिबिम्ब 

 

कविता: प्रेम गंगा

वर्तमान हामी बगे पनि
जमे पनि बाफिए पनि
वर्षिए पनि हाम्रो अस्तित्व एउटै हो
तिमी पनि पानी, म पनि पानी
बाफ बनेर उड्दै गर्दा आकाशमा
कहिलेकाहिँ सुटुक्क भेटौंला
वर्सौला धर्तिमा सँग–सँगै
सिँचित गरेर मायाका बस्तीहरुलाई
चुमेर सुख्खा बगरहरुलाई
अनि बगौंला आफ्नो–आफ्नै दिशा तर्फ
ठीकै छ, तिमी मेची बनेर बग्नु
म महाकाली बनेर बगौंला
घुम्दै–फिर्दै भविष्यमा
जसरी सुरु भएथ्यो, हाम्रो मायाको मुल
त्यसैगरी दुवै मिलेर
बनाउँला एउटा – प्रेम-गंगा
तिमी पनि पानी, म पनि पानी

(कविता दिवसको हार्दिक शुभकामना)

८ चैत्र २०८०, बिहीबार ११:४२ मा प्रकाशित
Nabintech