Play

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत, पक्षमा १ सय ५७ र विपक्षमा १ सय १०

गुरुकुल खबर


काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरेका छन्  ।

प्रतिनिधिसभामा आज भएको मतविभाजनमा कूल २६८ मध्ये विश्वासको पक्षमा १५७ मत र  विपक्षमा ११० मत परेको छ । मत दिन्न भन्नेमा एक मत परेको छ ।

नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), जनता समाजवादी पार्टी, नेकपा(एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टीका सांसद एवं स्वतन्त्र सांसदले विश्वासको मतको पक्षमा मतदान गरेका थिए ।

नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि प्रस्ताव गरेका थिए

३० फाल्गुन २०८०, बुधबार १५:५७ मा प्रकाशित
Nabintech