Play

राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा सिटौलाको मनोनयन, अध्यक्ष बन्ने सम्भावना कम

गुरुकुल खबर


काठमाडौँ, नेपाली कांग्रेसका नेता एबम पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रिय सभामा नेपाली काँग्रेस संसदीय दलको नेतामा मनोनित भएका छन्।

नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले सिटौलालाई राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता पदमा मनोनयन गरेको जानकारी नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्ण प्रसाद पौडेलले दिएका छन् ।

देउवाले कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित २०७४)को धारा १२ को उपधारा १ बमोजिम सिटौलालाई  संसदीय दलको नेतामा शनिबार चयन गरेका हुन्।

गत माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा सिटौला कोशी प्रदेशबाट अन्यतर्फबाट निर्वाचित भएका थिए। नेकपा माओवादी केन्द्रसँगको सत्ता गठबन्धनमा हुँदा उनलाई नै राष्ट्रिय सभाको अध्यक्ष बनाउनेबारे चर्चा भएको थियो।

तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा अध्यक्ष नेकपा माओवादी केन्द्रकै हुनुपर्ने दाबी गरेका छन् । अहिले  प्रचण्डले  सत्ता गठबन्धन परिवर्तन गरी नेपाली कांग्रेसको सत्ता नेकपा एमालेको साथ लिएको कारण सिटौला राष्ट्रिय सभाको अध्यक्ष बन्ने सम्भावना कम्जोर बन्दै गएको छ । प्रचण्डले आफ्नोभाईलाई नै राष्ट्रिय सभाको अध्यक्ष बनाउने किसिमबाट तयारी गरेको बताईन्छ ।

२६ फाल्गुन २०८०, शनिबार २०:४९ मा प्रकाशित
Nabintech