Play

सहकारी ठगि लगायतका काण्डका आरोपीलाई गृह र सुन काण्डका आरोपीलाई अर्थ मन्त्रालय जिम्मा

गुरुकुल खबर


काठमाडौँ : पोखराको सुर्यदर्शन सहकारी ठगी सहितको अनुसन्धानमा सक्रिय छ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)। ती सहकारीमा रहेको बचतकर्ताहरूको बचत दुरुपयोगको आरोपीमध्येका एक हुन् रवि लामिछाने।

गितेन्द्र बहादुर राई (जीवी) स्वर्णलक्ष्मी सहकारीसहित ६ भन्दा बढी सहकारी ठगीबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो अनुसन्धानमा छ। जिवीपछि तेस्रो तहमा रहेका कुमार रम्तेल सुर्यदशन सहकारी ठगीमा पुर्पक्षमा लागि थुनामा छन्।

अहिले प्रहरीले अनुसन्धान गरिरहेकामध्ये रवि दोस्रो तहका व्यक्ति हुन जसले गोर्खा मिडिया प्राली माउ संस्था भएर खुलेको ग्यालेक्सी टेलिभिजनको व्यवस्थापनमा प्रत्यक्ष संलग्न थिए। र, सहकारीको रकम ऋणको रूपमा दुरुपयोग गर्नेमा ग्यालेक्सी सबैभन्दा अगाडि छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ग्यालेक्सीका उपाध्यक्षको हैसियतमा रहेका छवीलाल जोशीको घरमा छापा मारेर सहकारी ठगीका डिजिटल प्रमाणहरु संकलन गरेको थियो।  उनै रवि गृह मन्त्रालय अन्तर्गत रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धानमा रहँदा उपप्रधान तथा गृहमन्त्रीको रुपमा सरकारमा संलग्न भएका छन्।

रविसहितको संलग्नताबारे अनुसन्धान गर्ने जिम्मेवारी दिएका तत्कालीन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ यही सरकारमा उपप्रधान तथा परराष्ट्र मन्त्रीका रूपमा शपथ खाए बुधवार।

रवि सहकारी ठगीमा प्रहरीको अनुसन्धानको दायरामा मात्र छैनन् उनीबारे राहदानी दुरुपयोगमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दा विचाराधीन छ। सँगै प्रधानमन्त्री कार्यालय मातहत रहेको सम्पत्ति शुद्धीकरण विभागले उनै रवि विरुद्ध सम्पत्ति शुद्धीकरणमा समेत छानबिन गरिरहेको छ।

यस अगाडि उनी उपप्रधान तथा गृहमन्त्रीहुँदा उनको नागरिकताको वैधताबारे नै प्रश्न थियो। उनको नागरिकता निष्क्रिय रहेकोबारे प्रमाणसहित उकेराले समाचार सम्प्रेषण गरेको थियो।

नागरिकता दुरुपयोगको मुद्दा सर्वोच्चबाट फैसला हुँदा उनको गृहमन्त्री पद गुमेको थियो। राहदानी दुरुपयोगको मुद्दा विचाराधीनै छ। त्यसमा सहकारी ठगी अनि सम्पत्ति शुद्धीकरणको अनुसन्धान थप भएको बेलामा नयाँ राजनीतिक संस्कारको आवरणमा दोस्रो पटक उनी उपप्रधान तथा गृहमन्त्री भए।

प्रतिनिधि सभाको संरचना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी चौथो ठुलो दल हो। वर्तमान गठबन्धनमा सहभागी दलहरूमध्ये एमाले सबैभन्दा ठुलो दल भए पनि प्रभावका हिसाबमा कम मानिने मन्त्रालयहरू लिएर उ सरकारमा सहभागी भएको छ।

यस अगाडि वैदेशिक रोजगारीमा एजेन्टको रूपमा काम गरेको सार्वजनिक भएमा डिपी अर्याललाई पुन रविले श्रम मन्त्रालयमै दोहोर्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा सहभागी विराजभक्त श्रेष्ठ र सुमना श्रेष्ठ भने नयाँ हुन्।

वर्तमान सरकारमा अर्थमन्त्रीका रूपमा सहभागी वर्षमान पुन सुन तस्करीमा पटक पटक जोडिएका पात्र हुन्। पुन साढे ६० किलोग्राम सुन तस्करी प्रकरणमा प्रत्यक्ष जोडिएका थिए। पुनका कान्छा भाइ प्रनिश पुन मगर सुन तस्करीमा पक्राउ परेका दावा छिरिङको गिरोहका व्यापारिक साझेदार रहेको अनुसन्धानमा खुलेको थियो।

प्रहरी अनुसन्धानमा खुलेका सुन तस्करीका नाइकेहरूसँग कुनै न कुनै रूपमा संलग्नता देखिएका पुन वर्तमान सरकारको अर्थमन्त्री बनेका छन्।

उकेरा अनलाइनबाट 

२४ फाल्गुन २०८०, बिहीबार ०८:४६ मा प्रकाशित
Nabintech