Play

पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा पोखराका शर्माको उम्मेदवारी

गुरुकुल खबर


पोखरा, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा ऋषिराम शर्माले उम्मेदवारी घोषणा गरेका छन् ।

मनकामना बुक्स एन्ड स्टेशनर्स महेन्द्रपुल पोखरामा बिगत ३० वर्षदेखि पुस्तक तथा स्टेशनरीको खुद्रा व्यवसाय गर्दे आएका शर्मा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको पुर्व उपाध्यक्ष हुन् ।

यहि फागुन १८ र १९ गते काठमाण्डौंमा आयोजना हुन लागेको महासंघको सातौं महाधिवेशनमा अध्यक्ष पदमा आफूले उम्मेदवारी दिने घोषणा गरेको शर्माले आफू निर्वाचित भएमा महासंघको भवन र सचिवालय स्थापना गर्ने, पुस्तक, मसलन्द तथा स्टेशनरीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शनी गर्ने, पुस्तक प्रकाशक, उत्पादक, वितरक र खुद्रा व्यवसायीहरुका बीचमा सौहार्द्र सम्बन्ध स्थापना गर्ने बताए ।

महासंघको पुर्व उपाध्यक्ष  रहेका शर्मा स्थापनाकालदेखी नै  महासंघमा सक्रिय रहेर महासंघको विधान मस्यौदा समितिको विभिन्न पदमा बसेर सफल कार्य सम्पादन गरेका  थिए भने बिशेषगरी शर्माले पुस्तक तथा स्टेशनरी व्यवसायमा खुद्रा व्यवसाय गर्दे आएका व्यवसायीहरुको अधिकारको लागी विशेष आवाज उठाउदै आईरहेका छन् ।

शर्मालाई नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशले सर्वसम्मत महासंघको केन्द्रीय अध्यक्षको रुपमा साझा उम्मेदवारको रुपमा अगाडी सारेको छ ।

१३ फाल्गुन २०८०, आईतवार २१:५० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा