Play

म्याग्दी समाज अमेरिकाको नया कार्यसमिति, अध्यक्षमा कृष्ण केसी

गुरुकुल खबर


बाल्टिमोर (अमेरिका), नेपालको म्याग्दी जिल्लाबाट अमेरिका पुगेर विभिन्न पेशा र ब्यबसाय गरेर बस्दै आएका व्यक्तिहरु संलग्न म्याग्दी समाज अमेरिकाको हालै सम्पन्न आठौँ  अधिबेशनले कृष्ण केसी अध्यक्ष रहेको नया कार्यसमिति निर्बिरोध निर्बाचित गरेको छ ।

समाजको बरिष्ठ उपाध्यक्षमा निलम कुमार थापा, उपाध्यक्षमा सुदर्शन पौडेल र कमल छन्त्याल रहेका छन्  यसै गरि म्याग्दी समाजको महासचिबमा दिनेश जिसी,  सचिबमा सन्तोष खड्का, कोषाध्यक्षमा साबी थापा, सह कोषाध्यक्षमा रेणु सापकोटा रहेको छन्  ।

कार्यसमितिको सदस्यहरुमा ज्ञानु बानिया, रिना बुढाथोकी, सुजन रामदाम, सज्जन बोहोरा, कमल खत्री, सुरज थापा, दिनेश सुबेदी, अनुषा रिजाल, भुपेन्द्र थापा, सन्दिप कार्की, र सुमित शाही रहेका छन् ।

म्याग्दीबाट अमेरिका पुगेर बाल्टिमोरमा रहेको नेपाली हरुको छाता संस्था बानाका उपाध्यक्ष समेत बनेका ब्यबसायी भिम केसीले दिएको जानकारी अनुसार म्याग्दी समाजको कार्यसमितिमा  निर्बाचित सबै पदाधिकारी र सदस्यहरु सहमतिको आधारमा निर्बाचित भएका हुन्  ।

नया कार्यसमितिका पधादिकारी एबं सदस्यहरुलाई मेरील्याण्डको लागि नेपाली महाबाणिज्यदुत प्रेमराजा महत, बानाका अध्यक्ष सुबोध बिलाश पन्त,  जयनेपाल फाउन्डेसनका अध्यक्ष केशव शर्मा, बाग्लुंग समाजका अध्यक्ष निरबहादुर थापा लगाएतले कार्यकालको सफलताको कामना सहित बधाई ज्ञापन गरेका थिए  ।

१२ फाल्गुन २०८०, शनिबार १६:०३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा