Play

गैरआवासीय नेपाली नागरिकताका फाइदा र चुनौति विषयमा स्कटल्याण्डमा अन्तरक्रिया हुने

गुरुकुल खबर


बेलायत, एनआरएनए स्कटल्यान्ड राज्य समन्वय परिषदले  बिदेशमा बस्ने नेपालीहरुमा चासोको बिषय रहेको र गैर आवाशीय नेपाली नागरिकता बारेमा बिशेष  अन्तरक्रिया गर्ने भएको छ  परिषदले फेब्रुअरी १८ तारिख आइतबार गैरआवासीय नेपाली नागरिकतासम्बन्धि एक अन्तरक्रिया कार्यक्रम गर्ने र  त्यसको भोलिपल्टै १९ तारिख सोमबारको दिन  परिषदकै पहलमा लन्डनस्थित नेपाली दूतावासको सहयोगमा घुम्ती सेवा सञ्चालन हुने भएको छ।

‘गैरआवासीय नेपाली नागरिकताका फाइदा र चुनौति’ विषयमा हुन लागेको अन्तरक्रिया कार्यक्रममा एनआरएनए आइसीसीका उपाध्यक्ष एवम् नागरिकता निरन्तरता समितिका संयोजक रामशरण शिम्खडा, उपाध्यक्ष डा हेमराज शर्मा र  एनआरएनए नागरिकता निरन्तरता समितिका ‘फोकल पर्सन्’ सरोज दाहाल अतिथि वक्ताका रुपमा सहभागी हुंदैछन्।

परिषदका अध्यक्ष दिवाकर पाण्डेले हालै कार्यान्वयनमा आएको गैरआवासीय नेपाली नागरिकताका सम्बन्धमा धेरैमा अलमल र बुझाइको कमी देखिएकाले त्यसलाई स्पष्ट पार्ने उद्धेश्यले अन्तरक्रिया गर्न लागिएको बताए।

त्यस्तै, आगामी सोमबार फेब्रुअरी १९ तारिखका दिन  परिषदकै पहलमा स्कटल्यान्डमा लन्डनस्थित नेपाली दूतावासको घुम्ती सेवा सञ्चालन हुने भएको छ। घुम्ती सेवामा दूतावासले एनआरएनए कार्ड, वारेसनामा, भिसा, पासपोर्ट लगायत सेवा प्रदान गर्ने भएको छ घुम्ती सेवाबाट करिब एक सय पचास भन्दा बढी नेपालीले सुविधा लिने आशा गरिएको स्कटल्याण्ड स्थित प्रवाशी नेपाली मंचका अध्यक्ष जोनी पहारीले गुरुकुल खबर लाई जानकारी दिएका छन् ।

२ फाल्गुन २०८०, बुधबार २०:२३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा