Play

पार्टीका भावी नीति तयार गर्न फागुन ७ देखि १० गतेसम्म काँग्रेसको महासमिति बैठक, तयारीमा तिब्रता

महासमिति बैठकको प्रचार प्रसार र सूचना प्रबाह प्रक्रियालाइ महत्व दिएका छौं- बिश्वकर्मा


गुरुकुल खबर


काठमाडौँ , नेपाली कांग्रेसको महासमिति बैठक यही फागुन ७ देखि १० गतेसम्म लालितपुरको गोदावरीमा  हुदैछ । यस पटकको महासमिति बैठकको नारा  ‘राजनीतिक स्थायित्व, रुपान्तरण र नविनता , स्वतन्त्रता, न्याय र समानता, नेपाली काँग्रेसको नीतिगत प्रतिबद्दता’ रहेको छ ।

महासमितिको बैठकको तयारीको सन्दर्भ पारेर नेपाली काँग्रेस केन्द्रीय प्रचार प्रसार बिभागले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा विभागका प्रमुख मिन बिश्वकर्माले  नेपालको पहिलो राजनैतिक दल नेपाली कांग्रेसले तय गरेको आर्थिक सामाजिक तथा राजनीतिक मार्गमा नै आजको नेपालको राजनीति विकसित हुदै आएको र विभिन्न कालखण्डमा भए गरेका राजनीतिक क्रान्ति, संघर्ष एवं आन्दोलनबाट नेपाली कांग्रेस पार्टीले आफ्नो आर्थिक, सामाजिक तथा राजनीतिक विचार धारा, दृष्टिकोण, नीति र कार्यक्रमलाई परिमार्जन र परिस्कृत गर्दै आएको बताए ।

२००३ साल देखि २०८० सम्मको यात्रामा आएका हरेक राजनीतिक घटनाक्रम र उतार चडावले पार्टीलाई सबै दृष्टिले क्रमशः समयानुसारको पहिलो र नेतृत्वदायी दलका रुपमा नेपाली काँग्रेसलाई स्थापित गरेको बताउदै बिश्वकर्माले भने-‘ नीति अधिवेशनको रूपमा सम्पन्न हुने यो महासमितिको बैठकमा प्रस्तुत हुने आर्थिक, सामाजिक, धार्मिक साँस्कृतिक तथा राजनीतिक विषय समेटिएको करिव ५६ पेजको नीति प्रस्ताव, महामन्त्रीहरूको सांगठानिक र समसामयिक राजनीतिक प्रतिवेदनले वर्तमान राजनीतिक परिवेशलाई उचित सम्बोधन गर्दै व्यवस्था परिवर्तनका हरेक आन्दोलनमा सहभागी जनताहरू माझ नेपाली कांग्रेसले नै जनताको अवस्था परिवर्तनका लागि विश्वासीलो र भरपर्दो गरि काम गर्दछ भन्ने थप विश्वास दिलाउने छ ।’

महाधिवेशनको मुख्य काम भनेको पार्टीको विधान, नीति पारित गर्नु र नेतृत्व चयन गर्नु हो । नेपाली काँग्रेसको चौधौ महाधिवेशनमा विधान पारित गरि नेतृत्व चयन गरिएको तर समयाभावका कारण नीति प्रस्तावमा छलफल नभएको कारण नीतिगत प्रस्तावमा छलफल गर्न छुट्टै नीति अधिवेशन गर्ने र नेतृत्व चयन बाहेक महाधिवेशनले गर्ने सबै कार्य महासमितिले गर्न सक्ने वैधानिक प्रावधान अनुसार यो महासमितिको बैठक आयोजना गरिएको हो  ।

( फाइल फोटो )

महासमिति बैठक सभ्य र भब्य रुपमा सफल पार्न  विभिन्न समिति र उपसमितिहरु गठन गरिएको छ  । नेपाली काँग्रेस केन्द्रीय प्रचार प्रसार विभागका प्रमुख मिन बिश्वकर्माले दिएको जानकारी अनुसार पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य, प्रदेश कार्यसमितिका सभापति एवं उपत्यकाका तीनै जिल्ला काठमाडांै, ललितपुर र भक्तपुरका जिल्ला सभापति, भ्रातृ संस्थाका केन्द्रीय अध्यक्षहरु समेत रहने गरि मूल आयोजक समिति गठन गरिएको छ भने  महासमितिको बैठकमा प्रस्तुत गरिने नीतिगत प्रस्ताव तयार गर्न पार्टी उपसभापति एवं नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी समिति गठन । उक्त समितिमा  पार्टीका केन्द्रीय पदाधिकारीहरु र पार्टी प्रवक्ता लाई सदस्य राखिएको छ ।

महासमितिको बैठकमा पार्टीको सांगठनिक प्रतिवेदन महामन्त्री गगनकुमार थापाले र समसामयिक राजनीतिक प्रस्ताव महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्ने कार्यक्रम छ । महासमिति बैठक व्यवस्थित एवं प्रभावकारी बनाउनको लागि विभिन्न उपसमितिहरु गठन भई संयोजकहरु तोकिएका छन् । जस अनुसार प्रचार प्रसार उपसमितिमा  मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिमा  मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमितिमा उदय शम्शेर राणा, स्वयंसेवक परिचालन उपसमितिमा जीतजंग वस्नेत, स्वास्थ्य समन्वय उपसमितिमा उर्मिला नेपाल के.सी. ,यातायात व्यवस्थापन उपसमितिमा धना खतिवडा, आर्थिक उपसमितिमा अनिलकुमार रुंगटा, प्रदेश समन्वय उपसमितिमा ईन्द्रबहादुर वानियाँ र स्थानीय व्यवस्थापन उपसमितिमा जितेन्द्र श्रेष्ठलाई संयोजक तोकिएको छ ।

(फाइल फोटो )

नेपाली काँग्रेस केन्द्रीय प्रचार प्रसार विभागका सदस्य गंगाधर पराजुलीले दिएको जानकारी अनुसार महासमिति बैठक स्थलमा फागुन ६ गते बाट १० गते सम्म मिडिया सेन्टर स्थापना गरि काम गरिनेछ मिडिया सेन्टर मार्फत हरेक दिन ३/३ घन्टामा समाचार दिने र हरेक दिन साँझ प्रेस बिज्ञप्ति जारी गरेर सूचना प्रबाह गरिनेछा  यसै गरि महासमिति बैठकबारे  फागुन  ३ गते पार्टी कार्यालयमा र ६ गते गोदावरी हलबाट तत्पश्चात हरेक दिन अपरान्ह ४ वजे गोदावरी सम्मेलन केन्द्रमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने छ । महासमिति बैठक सम्बन्धी सबै किसिमका नियामित वा आकस्मिक सूचना प्रवाह गर्ने प्रविधीयुक्त (डिजीटल)  सूचना केन्द्र स्थापना गर्ने र डिजिटल वोर्डवाट कम्तीमा ३ स्थानमा सूचना दिने ब्यबस्था समेत मिलाइने भएको छ ।

महाधिवेशनका  सहभागीहरुले फोटो लिनका लागि आकर्षक स्थानमा सेल्फी पोईन्ट बनाउने, महासमिति सदस्यहरू बस्ने मुख्य स्थानहरूबाट कार्यक्रम स्थल सम्म जान आउन निःशूल्क बस सेवा संचालन गरिने र  सहभागीलाई झोला, डायरी, कलम, महासमितिको लोगो, नीति प्रस्ताव एवं प्रतिवेदनहरु समेत उपलब्ध गराइने भएको छ यसका साथै महासमिति बैठकको प्रचारको लागि ब्यानर, झन्डा, स्वागत गेट, पोस्टर र स्टिकर समेत प्रयोगमा ल्याइने छ  महासमिति बैठकको क्रममा  फागन ७ गते विहान कार्यक्रमस्थलमा रक्तदान, कार्यक्रम अवधीभर ७ देखि १० गते सम्म स्वास्थ शिवीर रहनेछ भने  सुचना, संचार तथा प्रचार विभागले उत्पादन गरेका सामग्रीको  विक्रि तथा वितरण गरिने छ।

महासमितिको बैठकलाई थप प्रभावकारी बनाउन प्रचार प्रसारलाई विशेष महत्व दिइएको र यसका लागि प्रचार प्रसार उपसमितिले  जिम्मेवारी वाँडफाँड गरेको छ जस अनुसार सूचना केन्द्र समन्वयमा  दिपक प्रसाद कुइकेल, अशोकनाथ योगी, पत्रपत्रिकामा किरण गिरी, महेश्वर गौतम रेडियोमा गोपाल झा र कमला पाण्डे टिभीमा सन्तोष न्यौपाने, रोजी ढकाल, न्यू मिडिया (सामाजिक सञ्जालमा  दिपेन्द्र वान्तवा, मिडिया सेन्टरमा सरोज अधिकारी, महेश्वर गौतम, केदारनाथ दाहाल र जगत प्रजापतिलाई जिम्मेवारी दिईएको छ यसै गरि  व्यानर झण्डा गेट स्टिकरमा विष्णु तिम्सीना, अनलाइनमा  लिला खनाल र फुलू सुनार फोटोमा दिनेश शाह र  टेकबहादुर वि.क. सूचना प्रविधि व्यवस्थापन (रेकर्डिड तथा प्रत्यक्ष प्रसारणमा  अमृत कार्की, हुकुम वुढा र अशोक शर्मा तथा प्रचार विभागको स्टलमा चेतराज रेग्मी र सिताराम राउत साथै प्रविधि व्यवस्थापनःमा हुकूम वुढा र अशोक शर्मालाई जिम्मा दिईएको छ ।

( नेपाली काँग्रेस केन्द्रीय सूचना, प्रचार तथा प्रसार बिभागका प्रमुख मिन बिश्वकर्मा र्सहित विभागका सदस्यहरु )

२ फाल्गुन २०८०, बुधबार १९:२२ मा प्रकाशित
Nabintech