Play

सापकोटालाई दुई लाख र राईलाई एक लाख राशिको नई पुरस्कार दिईने

गुरुकुल खबर


काठमाडौँ, नइ प्रकाशनले २०७९ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ नेपाली वाङ्‍‍मयको श्रीवृद्धिका लागि सिर्जना र सङ्गठन मार्फत निरन्तर जागरूक र समर्पित हुँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउनुहुने अमर प्राज्ञ भारत आसामका श्री नव सापकोटालाई समर्पण गर्ने निर्णय गरेको छ ।  ताम्रपत्रका साथ यस पुरस्कारको राशि दुई लाख रूपियाँ रहेको छ ।

यसैगरी नइ प्रकाशनले सिर्जनाद्वारा नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्याउनुहुने भारत दार्जिलिङका श्रीमती स्नेहलता राईलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ , ताम्रपत्रका साथ यस पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।

यी दुवै पुरस्कार नेपाली भाषासाहित्य मार्फत अन्तरार्ष्ट्रिय क्षेत्रमा ख्याति कमाएकामध्ये विशिष्ठ नेपालीगोर्खाली मूलका विदेशी व्यक्तित्वलाई हरेक वर्ष समर्पण गरिदैँ आएको छ ।

नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

२ फाल्गुन २०८०, बुधबार १६:५४ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा