Play

लेकसाईडका विभिन्न छ स्थानमा नगद र विभिन्न ब्रान्डका रक्सि सहितका सामग्री चोर्ने युवा पक्राउ

गुरुकुल खबर


पोखरा, पोखराको पर्वयटकीय क्षेत्र लेकसाइडका विभिन्न छ वटा पसलहरुमा चोरी गरेको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ वडा प्रहरी कार्यालय बैदामको टोलिले चोरीको अभियोगमा पक्राउ गरेको युबक २१ बर्षीय दिपेश परियार रहेका छन् ।

पोखरा महानगपालिका वडा नं. १४ बस्ने भिमवहादुर परियारका छोरा  दिपेशलाई  घटनाको अनुसन्धानको लागी खटिएको प्रहरी टोलीले आफ्नै घरको  कोठामा लुकीछिपी वसिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

परियारले  यही माघ १३ गते राती २ बजेको समयमा  जिल्ला कास्की पोखरामहानगर पालिका वडा न.५ जिरो कि.मीमा पोखरा -४ का प्रतिक गुरुन्गले संचालन गरेको  कफी शप  बक्स क्याफेबाट १५  हजार नगद र चार बन्डल सुर्य चुरोट, सामसुङ कम्पनिको ट्याबलेट एक थान,  जिप्पो लाईटर १२ थान गरि  करिब ९० हजार बराबरको धनमाल चोरी गरेको र  माघ १ गते  बिहान  पोखरा म.न.पा.वडा न. ६ लेकसाईडमा सुरेश भण्डारीले संचालन गरेको सोल ओरिजिन क्याफेबाट नगद रु.१०,हजार  सहित वाईन,सुर्य चुरोट,लेनोभो कम्पनीको ट्याब थान-२,समेत करिब ८८ हजार बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ।

यसै गरि माघ १३ गते रातको समयमा जिल्ला पोखरा म.न.पा.वडा न.६ सेन्टर प्वाईन्टमा सुरज कुँवरले संचालन गरेको रेष्ट्रो लंज बार भित्रबाट नगद रु.३५ हजार सहित ,सुर्य चुरोट समेत  करिब ३६ हजारको समान र  माघ १६ गते बिहान चार बजे पोखरा म.न.पा.वडा न.६ लेकसाईडमा  बिनोद मल्लले संचालन गरेको एलिज क्याफेबाट नगद तथा अन्य सामान गरि १३ हजार जतिको चोरी गरेको प्रहरीले जनाएको छ ।

परियारले माघ १६ गते  पोखरा म.न.पा.वडा न. ६ लेकसाईड फुटट्याकमा केशब नेपालीले संचालन गरेको सोप्निल दरबार खाजाघरको भित्रबाट नगद  र विभिन्न किसिमका रक्सि हरु सहित करिब २८ हजार रुपैया बराबरको चोरी गरेको बुझिएको छ।

सोहि दिन अर्थात माघ १६ गते बिहान नै  लेकसाईडमा बुद्ध गुरुङले संचालन गरेको टोनिक लंज एण्ड बारबाट नगद, खुकुरी रम,सुर्य चुरोट समेत गरि करिब २० हजार बराबरको धनमाल चोरी गरेको प्रहरीको भनाइ छ  । प्रहरीले निज परियारलाई खानतलाशी गर्दा  निजको साथबाट ट्यावलेट दुई थान वरामद भएको बताउदै वडा  प्रहरी कार्यालय बैदामका प्रमुख तथा प्रहरी नायब उपरिक्षक् राजेन्द्र श्रेष्ठले  निजउपर जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्वन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको गुरुकुल खबर लाई जानकारी दिए ।

२८ माघ २०८०, आईतवार १८:५७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा