Play

अमेरिकाबाट काँग्रेसका महासमिति सदस्य चयन, पूर्व संयोजक सुबेदीलाई ३ मत

गुरुकुल खबर


अमेरिका। नेपाली जनसम्पर्क समिति,अमेरिकाले नेपाली कांग्रेसको आसन्न महासमितिमा सहभागी हुने ६ जना महासमिति सदस्य निर्वाचन प्रक्रियाबाट निर्वाचित गरेको छ।

समितिका सभापति आनन्द विष्ट पदेन महासमिति सदस्यसहित महाधिवेशन प्रतिनिधिहरु मध्येबाट गौतम दाहाल, धनन्जयनरसिंह केसी, मुनिन्द्र नेम्वाङ्ग, बिध्यासागर योञ्जन र भरत अर्याल महासमिति सदस्य निर्वाचित भएका हुन् ।

बिहीवार राती सम्पन्न निर्वाचनमा ५ जना सदस्य चयन गर्नका लागि ६ जना आकांक्षीहरुका बीच प्रतिष्पर्धा भएको थियो। जस अनुसार समितिका पूर्व संयोजक समेत रहेका विष्णु सुबेदी भने महासमिति सदस्य निर्वाचनमा पराजित भएका छन्।

समितिका तर्फबाट कांग्रेसको १४ औं महाधिवेशनमा १४ जना प्रतिनिधिले प्रतिनिधित्व गरेका थिए। तिनै १४ जना महाधिवेशन प्रतिनिधि मध्येबाट कांग्रेसको विधान अनुसार ६ जना महासमिति सदस्य चयन गरिएको समितिका निर्वाचन प्रमूख डाक्टर विनोद शाहले जानकारी दिएका छन्

‘समितिका सभापति पदेन सदस्य रहने बैधानिक व्यवस्था अनुसार बाँकी ५ जना महासमिति सदस्य निर्वाचन प्रक्रियाबाट निर्वाचित हुनु भएको छ’ डाक्टर शाहले भने ।

१४ जना महाधिवेशन प्रतिनिधि मध्ये कृष्ण लामिछानेको निधन र अर्का सदस्य विश्व बाँस्तोलाले प्राविधिक कारण देखाई सहभागी हुन नसक्ने जनाएपछि १२ जना सदस्यका बीच मतदान भएको थियो। त्यसमध्ये पनि एक जनाले मतदानमा भाग नलिएको निर्वाचन समितिले जनाएको छ।

बाँकी ११ जना प्रतिनिधि निर्वाचन प्रक्रियामा सहभागी भएका थिए। जसमध्ये दाहाल,केसी र नेम्वाङ्गले शतप्रतिशत ११ मत प्राप्त गरी विजयी भए। यसैगरी योञ्जनले १० मत र अर्यालले ९ मत प्राप्त गरी विजयी भए भने पूर्व संयोजक सुबेदीले ३ मत मात्र प्राप्त गरेका थिए।

निर्वाचित महासमिति सदस्यहरुले फागुनको दोश्रो साता नेपालमा हुन लागिरहेको नेपाली कांग्रेसको महासमिति बैठकमा अमेरिकाको जनसम्पर्क समितिको तर्फबाट प्रतिनिधित्व गर्नेछन्।

२० माघ २०८०, शनिबार ०८:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा