Play

समुदायमा काँग्रेस अभियान आजबाट, कास्कीमा पनि वडा प्रतिनिधि तोकियो,बिना जानकारी नाम आउँदा कतिपय चिन्तित

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसले येही माघ १६ देखि २६ गतेसम्म  संचालन गर्ने “समुदायमा कांग्रेस अभियानको तयारी जिल्ला जिल्लामा सुरु भएको छ समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने, स्थानीय  स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने उद्देस्यले कार्यक्रमको आयोजना गरिएको हो ।

समुदायमा काँग्रेस कार्यक्रममा जनताबाट आएका सुझावलाई सम्बन्धित तहमा  कार्यान्वयनका  लागि पहलकदमी लिने तथा महासमिति वैठक लगायत पार्टीको नीति निर्माणका क्रममा नीतिगत मार्गदर्शनको रुपमा लिने उद्देश्य अभियानको रहेको छ। उक्त अभियानको लागि जिल्ला स्तरमा केन्द्रीय प्रतिनिधिहरुलाई खटाइएको छ भने केन्द्रीय प्रतिनिधिसंग समन्वय गरी जिल्ला कार्यसमितिबाट माघ १५ गतेसम्म ७७ वटा जिल्लाका ६ हजार ७ सय ४३ वटा वडामा प्रतिनिधिहरू खटाउने क्रम सुरु भएको छ ।

यसै बीच नेपाली काँग्रेस केन्द्रको निर्णय बमोजिम कास्कीमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम पूर्व राज्यमन्त्री भरतकुमार शाह केन्द्रीय प्रतिनिधिको रुपमा खटिएको छन्  ।  केन्द्रिय प्रतिनिधि शाहले  आइतबार नै पोखरा आएर पार्टीको जिल्ला कार्य समिति, क्षेत्रिय कार्यसमिति र विभिन्न पालिकाहरुको कार्यसमितिसंग संयुक्त बैठक समेत गरिसकेको र वडा वडामा प्रतिनिधि खटाउन आवाश्यक निर्देशन समेत दिएको बुझिएको छ ।

“मैले पार्टीको केन्द्रको निर्देशन अनुसार आइतबार बिहान पोखरा आएर जिल्ला समिति सहित अरु साथीहरुको संयुक्त भेला गरि कार्यक्रमको बारेमा जानकारी गराएको छु, केन्द्रीय प्रतिनिधि भरत शाहले गुरुकुल खबरसंग भने – अब जिल्ला र क्षेत्रले समनवय  गरि कास्की जिल्लाका ७२ वटा वडामा प्रतिनिधि खटाएर जनताको चाहना र आबश्यकता बुझेर प्रतिबेदन लिन र सोहि अनुसार जनताको आबश्यकता र चाहना पुरा गर्न पार्टीको जिल्ला समिति सक्रिय हुन आबश्यक छ  ।

( समुदायमा काँग्रेस कार्यक्रमको लागि कास्कीमा आएका केन्द्रिय प्रतिनिधि, पार्टीका केन्द्रीय सदस्य भरत कुमार शाह , साथमा अर्का केन्द्रीय सदस्य शंकर भण्डारी संगै कास्की काँग्रेसका उपसभापति युबराज कुँवर र नेपाली काँग्रेसका केन्द्रीय प्रचार बिभाग सदस्य गंगाधर पराजुली )

समुदायमा काँग्रेस अभियान मूलत: वडा केन्द्रित रहने र जनताका कुरा सुन्ने अभियान भएको हुँदा औपचारिक आसन ग्रहण र मन्तव्य लगायतका कार्यक्रमहरू नगर्न केन्द्रले निर्देशन दिएको छ माघ १६ गते शहिद दिवसको दिन विशेष कार्यक्रम सहित अभियानको पहिलो चरण प्रारम्भ हुनेछ । उक्त दिन ६हजार ७ सय ४३ वडामा मात्र कार्यक्रम हुनेछ ।

समुदायमा काँग्रेस अभियानको माघ १६ गते शहिद दिवसको अवसर पारेर  सुरु गरिएको चरण माघ २६ गते सुशील कोइरालाको स्मृति दिवसको दिन समापन हुने नेपाली काँग्रेसले जनाएको छ ।

सम्बन्धित वडा र जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधि बाहेक नेपाली कांग्रेसको केन्द्रदेखि वडासम्म विभिन्न तहमा  रहेका पदाधिकारी एवं सदस्यहरू, भ्रातृ संघ तथा शुभेच्छुक संस्थामा आवद्ध केन्द्रदेखि स्थानीय तहसम्मका नेता कार्यकर्ताहरु आफु क्रियाशील सदस्य रहेको वडामा पुग्न पनि केन्द्रले निर्देशन दिएको छ ।  वडाको कुनै न कुनै श्रमसंग सम्बन्धित काम वा सामाजिक काममा सहभागी हुनका लागि काँग्रेस केन्द्रीय समतिले आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएको छ  ।

यसै क्रममा कास्की काँग्रेसले पनि केन्द्रीय प्रतिनिधिको निर्देशन अनुसार जिल्लाका ७२ वटा वार्डमा प्रतिनिधि खटाएको जनाएको छ । नेपाली काँग्रेसका जिल्ला सचिब भानु ढकालका अनुसार जिल्ला स्थित पार्टीका  महाधिबेशन प्रतिनिधिहरु, जिल्ला समिति, प्रदेश प्रतिनिधि लगाएत पार्टीको विभिन्न तहमा रहेका नेताहरुलाइ वडामा प्रतिनिधिको रुपमा खटाइएको छ ।

कास्की जिल्लाले वडामा प्रतिनिधि खटाउने क्रममा सामान्य सल्लाह समेत नगरिकन जिल्लाका विभिन्न वडामा प्रतिनिधि तोकेको भन्दै कतिपयले  भने असन्तुष्टि प्रकट गरेका छन्   ।

जिल्लाले वार्डमा तोकेका प्रतिनिधिहरु केहि बिरामी परेर उपचाररत छन् भने केहि जिल्ला बाहिर छन् कतिपयको घरायसी कारणले जिल्लाको बिकट वार्डमा पुग्न समेत कठिनाइ रहेको छ तर जिल्ला सभापतिको नाममा एकाएक सामाजिक संजालमा वार्डको लागि प्रतिनिधि तोकिएको कुरा सार्बजनिक हुनु दुखद हो,  वार्डको लागि प्रतिनिधि तोकिएका  एक नेताले भने ।

उनले जिल्ला समितिले सामान्य सल्लाह समेत नगरिकन र कसलाई कुन वार्ड अनुकुल पर्छ या पर्दैन भन्ने नबुझिकन एक्कासी प्रतिनिधि तोक्नु उपयुक्त नभएको बताए त्यस माथि कतिपय बिरामी र जिल्ला बाहिर रहेकालाइ समेत प्रतिनिधि तोकिनु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ थियो ।

यसै सन्दर्भमा कास्की काँग्रेसका उप सभापति युबराज कुँवरले गुरुकुल खबरसंग भने, वडामा प्रतिनिधिको रुपमा खटाउनको लागि धेरै नेता साथीहरुको नाम भने हामीले मिलेर तयार गरेका हौँ तर कसलाई कहाँ पठाउने भन्ने निर्णय सभापतिले नै गरेको  हुन्, सम्बन्धित व्यक्तिलाई एकपटक सोधेर अन्तिम निर्णय गरेको भए राम्रो हुने थियो,  कुँवरको भनाइ थियो ।

नेपाली काँग्रेसका केहि नेताहरुले बिना सल्लाह र जानकारी प्रतिनिधि तोकिएको कुरालाई सार्बजनिक रुपमा नै अब्यबहारिक रुपमा लिएका छन् नेपाली कांग्रेसकी महाधिबेसन प्रतिनिधि तथा नेपाल किसान महासंघकी केन्द्रीय सदस्य नम्रता बरालको टिप्पणी छ –

जय नेपाल ! समुदायमा काग्रेस अभियानका लागि कास्की जिल्ला कार्यालयले खटाएको जानकारी फोन मार्फत पाए। धन्यबाद कास्की काग्रेसलाई । खटिएर जाने साथीहरुलाई अभिमुखिकरण कार्यक्रम कहिले राखियो  ?  कि आ- आफ्नो तरिकाले जस्ले जसरी गरे पनि हुने हो  ?  म खटिएको  पोखरा वडा न २१ का सभापतीलाई यस बारेमा कुनै जानकारी रहेनछ, मैले सम्पर्क गर्दा भोलि कार्यक्रम राख्न नसकिने जानकारी गराउनु भयो , सोही जानकारी मैले जिल्ला कार्यालयमा गराउन मनासिव सम्झिए । धन्यबाद

नेपाली काँग्रेसका अर्का युवा जय प्रकाश थापाले पनि आफ्नो गुनासो पोखेका छन्, उनले भनेका छन्-

समुदायमा कांग्रेस रे ? पहिला आफनो घर सुधारौ ! घर लठबद्र छ, भात्री  संगठनहरुको अधिवेशन बेलामा गर्न नपर्ने,  पार्टीभित्रका विकृति विसंगति हरुलाई रोक्न नपर्ने ? पार्टीलाई बिधी बिधान र नितीले चलाउन नपर्ने  ? अनी समुदायमा कांग्रेस🤔 ?????  जय नेपाल🇳🇵

यसै गरि नेपाली काँग्रेसका प्रकाश खनालले पनि समुदायमा काँग्रेसका बारेमा टिप्पणी गर्दै लेखेका छन् – समुदायमा कांग्रेस ? नेपालको संबिधान २०७२ ले राज्यको पुनर्संरचना गरे बमोजिम नै १४ औ महाधिवेशनबाट पार्टी बिधानलाई परिमार्जन गरेर तदनुरुपका संगठनका संरचना तयार भैसकेका छन,  सोही अनुसार जिम्मेवारी र अधिकार पनि बाँडफाँड गरिएको छ ! साधारणतया पार्टी र राज्यका प्रमुख अंगमा  रहनेहरुबाट पार्टी र समग्र देशको हितमा प्रभावकारी कार्यहरु गर्ने र त्यसको सन्देश मातहतका जनसंगठनहरुले समुदायसम्म पुर्याउनुपर्छ । नेपालमा अरु केही गतिलो काम हुन नसकेको भएपनि सूचना र प्रविधिको क्षेत्रमा राम्रो बिकास भएको छ,जसका कारण केन्द्रमा जे हुन्छ ,मिनेट मै समुदायमा पुगिसकेको हुन्छ । पार्टी होस अथवा सरकार राम्रो काम गरे मात्रै पुग्दोरहेछ भन्ने उदाहरण त काठमाडौमा बालेन शाहले देखाएनन र ? उनले गरेका कार्यलाई समुदायसम्म पुर्याउन पार्टी नेता कार्यकर्ता जरुरत नै पर्दैन , युटुवरहरुको टिमलाई सँगसँगै बोकेर हिड्न पनि पर्दैन । अर्कोतिर लाखौंको संख्यामा रहेका आफ्नै पार्टीका नेता कार्यकर्ताहरु,कहिँ कतै हेर्दा पनि मन बुझाउनै नसकेर पार्टीका आफ्नै बेरोजगार कार्यकर्ताहरु आफ्नै नेताहरूको बिरोध गर्न विवस रहेका छन भने,एउटा मात्र पनि गतिलो काम गरेको भए ,केन्द्रदेखिका नेता संदेश लिएर समुदायसम्म आउनैपर्दैनथ्यो । सत्तारूढ घटकको प्रमुख दल नेपाली कांग्रेसले हालै “समुदायमा कांग्रेस” अभियान नाम दिएर जसरी कार्यक्रम घोषणा गर्दै ,जिल्ला जिल्लामा केन्द्रका प्रतिनिधिलाई खटाइएको छ ,पार्टी र राज्यको अंगमा रहेकाहरूले देश र जनताको हितका निमित्त गरेका खासै उल्लेखनीय कार्यहरू त्यस्तो केही देखिदैन । गुटबन्दीले पार्टीको अस्तित्व समाप्त भैसकेको छ, पार्टी नेतृत्व समग्र पार्टी संगठनको नेतृत्व नबनेर संकीर्ण गुटको नेतृत्वमा परिणत भएको छ जसका कारण आन्तरिक पार्टी संगठन भित्र समग्र पार्टी भन्ने भावना मरिसकेको छ। अर्कोतिर देशमा भ्रष्टाचारले सिमा नाघेको छ ,भ्रष्टाचारी अपराधीहरुलाई यिनै ठुला राजनीति दलहरूले संरक्षण गरिरहेका छन् , बेरोजगारी ब्याप्त छ ,युवाहरू आफ्नो सुदूर भबिस्य खोज्दै बिदेशीनु परेको छ ,जनतामा सर्वत्र निराशा बढिरहेको छ भने ,खटिएका प्रतिनिधिले समुदायमा गएर जनताको बीचमा निर्धक्क पुर्वक भन्ने एजेन्डा के छन ? सबैलाई अनुभूति हुनेगरी पार्टीको मुल नेतृत्वले समग्र पार्टीको नेतृत्व गरेको भए ,राज्यका अंगमा बस्नेहरूले जनताको पक्षमा उल्लेखनीय कार्य गरेको भए ,केन्द्रदेखिका पदाधिकारी र सदस्यहरु वडा तहसम्म किन आउनुपर्ने थियो र  ? पार्टीका हरेक निर्णय बिबादास्पद रहदै आउने र राज्यका प्रमुख अंगहरुमा रहेर काम गर्ने पार्टी पदाधिकारीहरु,जनताको पक्षमा काम गर्नुभन्दा बढी,आफु र आफनै आसेपासे पोष्ने ,काम भन्दा बढी ब्यक्ति केन्दृत प्रचार गर्ने गराउने संस्कारको बिकास भएको वर्तमान अवस्थामा ,पार्टीद्वारा थालिने जुनसुकै प्रकारका अभियान किन नहुन ,परिणाम मूखी बन्न सक्दैनन् !

१५ माघ २०८०, सोमबार २२:३० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा