Play

युआरएलको प्राविधिक सहयोगमा पोखरामा मदिरा व्यवसायीको शिविर

गुरुकुल खबर


पोखरा, मदिरा व्यवसायी समिती कास्कीको आयोजना र युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा शनिबार पोखरामा मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच गरिएको छ । शिविरमा १ सय ५२ जनाको सित्तैमा मधुमेह र टिजी जाँच गरिएको हो ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीले नेपालको स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको योगदान सरकारी क्षेत्रभन्दा निकै ठूलो रहेको जनाए । उनले रोग लागिसकेपछि भन्दा पनि लाग्न नदिन यस्ता शिविरले सघाउने जनाए ।

वरिष्ठ मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा रमेशराज आचार्यले मधुमेह, थाइराइड, टिजी जस्ता समस्या आउनै नदिन र आएपछि पनि खानपान र जीवनशैलीको ठूलो भूमिका हुने औंल्याए । उनले भने, ‘मधुमेह रोग होइन, एउटा असन्तुलन हो । यसका कारणले आउने जटिलताहरुचाहिँ रोग हुन् । खानपिन र जीवनशैलीलाई ध्यान दिए यो रोग लागिसकेपछि पनि दीर्घजीवन जीवन सकिन्छ ।’

युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले  संस्थाले स्थापना कालदेखि स्वास्थ्य शिविरलाई अभियानकै रुपमा अघि बढाएको जनाए । युआरएलको १० वर्षे यात्रामा यसले १ लाख ७० हजारभन्दा बढीलाई शिविरहरुमार्फत् सित्तैमा सेवा दिएको बताउदै अध्यक्ष पन्तले भने, ‘अब विशेषज्ञ सेवासहित दुर्गम ठाउँमा पनि शिविर गर्ने योजनामा छौँ । हामी विभिन्न संघ, संस्थासँग सहकार्य गरी आयोजना गरेको यो १ सय ५८ औँ शिविर हो ।

मदिरा व्यवसायी समिति कास्की अध्यक्ष सुरेश घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका गण्डकी प्रदेश अध्यक्ष गोविन्द केसी र जिल्ला कार्यसमिति सदस्य कृष्णप्रसाद पौडेलले पनि बोलेका थिए ।

 

१३ माघ २०८०, शनिबार २२:२३ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा