Play

कांग्रेस केन्द्रीय समितिको बैठक सम्पन्न, विभिन्न भातृ संस्थाको महाधिवेशन आगामी छ महिनाभित्र गर्ने निर्णय

गुरुकुल खबर


काठमाडौं,  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शनिवार सम्पन्न भएको छ । पुष १२ गते बाट ३ दिन सम्म चलेको बैठकले विभिन्न ११ वटा मुल निर्णय सहित अन्य निर्णय गरेको छ ।

बैठकले राष्ट्रिय सभाको आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धनमा आवद्द दलहरुको बीचमा हुने सहमतिका आधारमा साझा उमेदवार बनाउने निर्णय गर्दै नेपाली कांग्रेसले उमेदवार प्रस्तुत गर्दा प्रदेश कार्यसमितिबाट सिफ़ारिश भई आएका नामहरु मध्ये हाल सम्म कुनै अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट बन्चित भएका योग्य र लोकप्रिय व्यक्ति जसले संसदीय क्षेत्रमा योगदान पुर्याउन सक्छन र पार्टीमा योगदान पनि गरेका छन, तिनलाई प्राथमिकता दिने निर्णय गरेको छ ।

बैठकले पार्टीको महासमिति बैठक फागुन ७ देखि १० सम्म गर्ने कार्यसम्पादन समितिको निर्णयलाई अनुमोदन गरेको छ । पुष १३ गते ललितपुरमा प्रहरी र प्रदर्शनकारी बिच भएको झडपमा परि दुई जना युवाको ज्यान गएको घटना अत्यन्त दुखद रहेको भन्दै उच्चस्तरीय न्यायिक छानविन समिति गठन गरि घटनाको सत्य तथ्य पत्ता लगाउन र दोषीलाई कारबाही गर्न समेत माँग गरेको छ ।

उक्त घटनामा घाईते हुनेहरुको निःशुल्क उपचार गर्न, मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन, मृतकका परिवारका एक जना सदस्यलाई स्वदेशमा रोजगारी प्रदान गर्न साथै बैदेशिक रोजगारीमा जाने नेपालीको लागि सरकारबाट प्रदान गरिने सेवा सरल र सहज बनाउन समेत माँग गरेको बैठकपछि जारी विज्ञप्तिमा जनाईएको छ ।

बैठकका निर्णयहरु जानकारी गराउन नेपाली कांग्रेसको केन्द्रीय सूचना, संचार तथा प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्मा द्वारा जारी विज्ञप्तिमा पार्टीका भातृ संस्थाहरु नेपाल विधार्थी संघ, नेपाल तरुण दल,नेपाल महिला संघ,नेपाल किसान महासंघ, नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघ र नेपाल लोकतान्त्रिक खेलकूद संघको महाधिवेशन आगामी ६ महिना भीत्र गर्नुपर्ने उल्लेख छ ।

बैठकका निर्णयहरु यस प्रकार छन । तलको लिंकमा हेर्नुहोला

१५ पुष २०८०, आईतवार १५:२३ मा प्रकाशित
Nabintech