Play

पोखरा उवासंघ र भक्तपुर उवासंघबीच भ्रातृत्व सम्बन्ध कायम

गुरुकुल खबर


पोखरा, पोखरा उद्योग वाणिज्य संघ र भक्तपुर उद्योग वाणिज्य संघबीच शुक्रबार भ्रातृत्व सम्बन्ध कायम गरिएको छ ।

दुई संघबीच एकआपसमा भाइचारा, समझदारी वृद्धि र सहयोग आदानप्रदान गर्ने उद्देश्यका साथ पोखरा उद्योग वाणिज्य संघको सभाहलमा एक कार्यक्रमका बीच भ्रातृत्व सम्बन्ध कायम गरिएको हो । भ्रातृत्व सम्बन्ध कायमसँगै सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । समझदारी पत्रमा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धर र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले हस्ताक्षर गरे ।

समझदारी पत्रमा भक्तपुर र पोखरा क्षेत्रको व्यापार तथा उद्योग विकासका लागि एकआपसका अनुभव र विशषज्ञता आदानप्रदान गर्ने र सम्भव भएसम्म लगानी प्रवद्र्धनका लागि दुवै संघ सक्रिय रहने, दुवै संघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु र सचिवालयका कर्मचारीहरुबीच भ्रमण आदानप्रदान गर्ने, दुवै संघले संस्थागत विकासको क्रममा आर्जन गरेको अनुभव तथा ज्ञान आदानप्रदान गर्ने, दुवै संघका सदस्यहरु लाभान्वित हुने गरी संघहरुले पहिचान गरेका अन्य क्षेत्रहरुमा समेत आवश्यकताअनुसार नीति निर्माण तथा कार्यक्रम तय गरी सञ्चालन गर्ने उल्लेख छ ।

दुवै संघले आयोजना गर्ने राष्ट्रिय स्तरको औद्योगिक व्यापार मेलामा एकआपसमा सघाउने, भक्तपुर र पोखराका व्यवसायीहरुले आआफ्नो क्षेत्रमा उत्पादन गरेका वस्तुहरुको बजारीकरण तथा व्यापार प्रवद्र्धनका लागि दुवै संघले एकआपसमा सहयोग गर्ने विषयमा पनि दुई संघबीच समझदारी भएको छ ।

यसैगरी, उद्योग वाणिज्य क्षेत्रको विकासका लागि राष्ट्रिय स्तरमा आउने विभिन्न चुनौतिहरु सामना गर्ने क्रममा एकअर्कालाई हानी नोक्सानी नहुने गरी आपसी साझा दृष्टिकोण निर्माण गर्न प्रयत्न गर्ने, दुवै संघहरुबाट उद्योग, व्यापार, कृषि, पर्यटन तथा सूचना प्रविधिको विषयमा विकसित नयाँ नयाँ गतिविधिहरुको अनुभव र सूचना आदानप्रदान गर्ने, साना तथा मझौला व्यवसाय विकासलाई विशेष ध्यान दिई आआफ्नो अनुभव आदानप्रदान गर्नेलगायतका बुँदाहरु समझदारी पत्रमा उल्लेख छ ।

भक्तपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं सल्लाहकारद्वय युवक राजभण्डारी र कृष्णप्रसाद अवाल तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पाखिलेको रोहवरमा समझदारी पत्रमा हस्ताक्षर भएको पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यले बताए । यसैबीच, कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष मानन्धरले पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष प्रजापतिलाई भादगाउँले टोपी लगाइदिएर मायाको चिनोस्वरुप आँखीझ्याल प्रदान गरेका थिए भने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष प्रजापतिले भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष मानन्धरलाई मायाको चिनोस्वरुप पानस दिएका थिए ।

१४ पुष २०८०, शनिबार १४:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा