Play

सात बुँदे घोषणापत्र जारी गर्दै प्रजातान्त्रिक विचार समाजको धादिड.बैठक सम्पन्न

गुरुकुल खबर


धादिड,  प्रजातान्त्रिक विचार समाज (प्रविस) ले विभिन्न कार्यक्रम समेत सात बुँदे घोषणापत्र जारी गर्दै धादिड.बैठक सम्पन्न गरेको छ । धादिड. सदरमुकाम नीलकण्ठ नगरपालिकामा आयोजित प्रविस केन्द्रीय समितिको बैठक तथा ‘लोकतन्त्रमा चुनौती र निराकरण’का उपाय विषयक गोष्ठी साथै वागमती प्रदेश अधिवेशन सो घोषणापत्र जारी गरी सम्पन्न भएको हो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भइसकेको यस अवधिमा राजनीतिक स्थिरताको कमी र स्थापित यस प्रणालीमाथि बढ्दो अतिरञ्जित आक्रमणको वैधानिक र व्यावहारिक प्रतिवाद गर्न यो संविधान र प्रणालीको लागि भूमिका निर्वाह गरेका राजनीतिक दलहरुलाई सचेत एवं सक्रिय हुन विचार समाज आव्हान गर्दछ , साथै नेपाली जनताको आवश्यकता र जायज अपेक्षालाई केन्द्रमा राखेर राजनीतिक दल र सरकार क्रियाशील हुनुपर्ने सुझाव पनि सो घोषणापत्रमा लेखिएको छ ।

राजनीति मात्रै होइन कि मुलुकको अर्थनीति समेत अस्थिर, अस्पष्ट वा दिशाहीन जस्तै देखिएको वर्तमानमा वैदेशिक र आन्तरिक आर्थिक वा औद्योगिक लगानी अपेक्षित भएको देखिदैन । लगानीको लागि आन्तरिक निजी क्षेत्रलाई उत्साहित बनाउने र वैदेशिक लगानी आकर्षित गर्ने विश्वसनीय नीति, सुविधा र लगानीको सुरक्षा प्रत्याभूति दिन सरकार तथा राज्यसंयन्त्र सफल एवं सशक्त नदेखिएको निराशाजनक अवस्था बोध भएको ठहर गर्दै प्रविसले अर्थ नीतिमा देखिएको ‘न हाँसको चाल न कुखुरा’को चाल जस्तो अवस्था निवारण गरी अर्थ नीतिलाई सुस्पष्ट दिशा दिन राजनीतिक दल, सरकार, सम्बद्ध निकाय र राज्यसंयन्त्रलाई आग्रह सो घोषणापत्रमा गरिएको छ ।

साथै मुलुकको अर्थ नीतिविज्ञहरुलाई यस्तो गम्भीर विषयमा मुखर हुन र मुलुकको अर्थनीतिलाई सुस्पष्ट गति दिने विचार प्रवाह गर्न विचार समाजले घोषणपत्र मार्फत अनुरोध गरेको छ ।

अहिलेको अर्थनीति उदार, खुला वा केन्द्रिकृत र भनिने समाजवादी प्रकारको हो कि वा अन्य प्रकारको भन्ने प्रश्न समेत समाजले सरकार समक्ष गरेको छ । लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित शासकीय पद्धतिमा विधिको शासन, सुशासन वा आर्थिक पारदर्शिता कायम गरिनुपर्ने उल्लेख भएको सो पत्रमा भ्रष्टाचारका घटना र प्रवृत्ति तथा अख्तियार दुरुपयोग गरिएको कारण जनतामा दल र व्यवस्थाप्रति नै नकारात्मक प्रभाव परेको र जनतामा निराशा एवं विद्रोही भाव बढ्दै गएकोप्रति सम्बद्ध सबै सजग हुन अपील समेत गरिएको छ ।

सकारात्मक परिणाम र विकास निर्माणलाई नै ओझेलमा पार्ने गरी बढेको विकृतिको चुनौतीको सामु मुलुक कठिन घडीमा रहेको बताइएको प्रविसको घोषणा पत्रमा नागरिकको आस्थासँग जोडिएको धर्म जस्तो संवेदनशील विषयलाई राजनीतिक वा सामाजिक विद्वेश फैलाउन थालिएको प्रयत्नप्रति सचेत हुन सरकार, सरोकारवाला निकाय, राजनीतिक दलहरु र नागरिक समाज समेतलाई उल्लिखित सात बुँदे घोषणापत्रमा आग्रह गरिएको छ ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष कुलचन्द्र वाग्लेको सभापतित्व गत मंगलबार सम्पन्न विचार गोष्ठिीका प्रमुख अतिथी नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री अर्जुन नरसिंह केसी, विशिष्ट अतिथि पूर्वमन्त्री महेश आचार्य, विशेष वक्ता वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, समाजका पूर्वअध्यक्ष डा.केदारनरसिंह केसी, वरिष्ठ उपाध्यक्ष गोकर्ण अर्याल र नीलकण्ठ नगरपालिका प्रमुख भीम ढुँगाना लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

११ पुष २०८०, बुधबार २१:१६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा